close

गुगलमाथि चीनबाट भएको थियो विश्वकै सबैभन्दा ठूलो साइबर हमला !

टेकपाना टेकपाना

कात्तिक ११, २०७७ १५:४०

गुगलमाथि चीनबाट भएको थियो विश्वकै सबैभन्दा ठूलो साइबर हमला !

काठमाडौं । इन्टरनेट विश्वमा साइबर आक्रमण कुनै नयाँ कुरा होइन । इन्टरनेटको प्रयोग व्यापक हुँदै गएसँगै ह्याकरहरुले दुनियाँभरका नेटवर्क तथा कम्पनीमाथि साइबर हमला गर्दै आएका छन् ।यद्यपि पहलो पटक गुगलले यस्तो खुलासा गरेको छ कि सन् २०१७ मा साइबर हमलाकारीले गुगलमा अहिलेसम्मकै सबैभन्दा ठूलो साइबर आक्रमण गरेका थिए ।

जुन डिस्ट्रिब्युटेड डिनाइल अफ सर्भिस (डीडस) को उच्च ब्याण्डविथ युक्त २.५ टीबीपीएस डिडस युक्त हमला थियो । यो साइबर आक्रमणबाट पार पाउन गुगललाई करिब ६ महिनाको समय लागेको थियो । 

के थियो आक्रमण ? 

गुगलका अनुसार २०१७ को सेप्टेमबरमा उच्च ब्याण्डविथयुक्त साइबर हमलालाई असफल पारिएको थियो । टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार यो हमलामा एकसाथ हजारौं आईपीलाई एकसाथ निशानामा पारिएको थियो । 

आक्रमणकारीले आक्रमण सफल बनाउने उद्देश्यका साथ कयौं नेटवर्क प्रयोग गरेर १६७ एमबीपीएसदेखि एक लाख ८० हजार सीएलएडीएपी, डीएनएस र एसएमटीपी सर्भरलाई उजागर पारेका थिए । कम्पनीका अनुसार साइबर आक्रमणकारी निकै शक्तिशाली रहेका थिए । 

सन् २०१६ मा मिराई बाटनेटमा भएको ६२३ जीबीपीएसको तुलनामा यो आक्रमण चार गुणा ठूलो थियो । यो नै अहिलेसम्मको सबैभन्दा उच्च ब्याण्डविथको आक्रमण थियो । 

शंकाको घेरामा चीन सरकार

गुगलले यति उच्च ब्याण्डविथमा साइबर आक्रमण कुनै एक व्यक्ति वा कम्पनीका लागि संभव नभएको बताएको छ । कम्पनीले यो आक्रमण चीनबाट गरिएको खुलासा समेत गरेको छ ।

यति ठूलो र व्यापक साइबर आक्रमण सरकारको सहमति बिना संभव छैन । गुगलको चुनौती विश्लेषण ग्रुप (टीएजी) ले यो ठूलो आक्रमणमा चीनका चार इन्टरनेट नेटवर्कको प्रयोग भएको दाबी गरेको छ ।

एजेन्सीको सहयोगमा । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०