close

चिठ्ठा परेको भन्दै नेपाल, भारत र पाकिस्तानबाट ‘फ्रड कल’

टेकपाना टेकपाना

कात्तिक १६, २०७७ ११:३०

चिठ्ठा परेको भन्दै नेपाल, भारत र पाकिस्तानबाट ‘फ्रड कल’

काठमाडौं । पछिल्लो समय चिठ्ठा परेको भन्दै ‘फ्रड कल’ गर्ने प्रवृत्ति बढेको छ । चिठ्ठा परेको प्रलोभन देखाई कर बराबरको रकम बैंक खातामा जम्मा गर्न लगाउने नाममा ठगीको समस्या बढ्न थालेको हो ।

समस्या बढ्दै गएपछि एभरेष्ट बैंकले सचेत रहन भन्दै जरुरी सूचना जारी गरेको छ । विगत केही समयदेखि नेपाल, भारत, पाकिस्तान लगायतका मुलुकका मोबाइल नम्बरबाट विभिन्न प्रलोभन देखाउँदै एभरेष्ट बैंकको खातामा रकम जम्मा गर्न लगाइएको विषयमा बैंकले गम्भीर चाँसो व्यक्त गरेको छ । 

‘त्यस्ता भ्रामक एवम् निराधार सूचनामा विश्वास नगर्नुहुन सम्पूर्ण ग्राहक वर्गमा अनुरोध छ,’ बैंकले सूचनामा भनेको छ, ‘त्यस किसिमका सूचना प्राप्त भएको खण्डमा यस बैंकको नजिकैको शाखा कार्यालयमा वा नजिकैको प्रहरी कार्यालयमा जानकारी गराई सचेत रहौं ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०