close

अब हुलाकमार्फत घरमै स्मार्ट ड्राइभिङ लाइसेन्स

टेकपाना टेकपाना

कात्तिक १६, २०७७ १४:५६

अब हुलाकमार्फत घरमै स्मार्ट ड्राइभिङ लाइसेन्स

काठमाडौं । अब हुलाकमार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) घरमै उपलब्ध हुने भएको छ । बागमती प्रदेश सरकारले लामाेदेखि लाइसेन्स नपाएका सेवाग्राहीलाई घरमै लाइसेन्स उपलब्ध गराउने भएको हो ।

त्यसका लागि बागमती प्रदेश सरकारले हुलाक सेवा विभागसँग सहकार्य गर्ने भएको हो । हुलाक विभागसँग सहकार्य गरी घर–घरमै लाइसेन्स उपलब्ध गराउन लागेको बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका सहसचिव नवीनकुमार सिंहले बताए ।

उनका अनुसार हाल चारवटै लाइसेन्स कार्यालयमा गरेर हाल पाँच लाखभन्दा बढी लाइसेन्स थन्किएर बसेका छन् । अहिलेको कोरोनाको समयमा कार्यालयमा भिडभाड गर्न सकिने अवस्था पनि छैन् । यस्तो हुँदा बनेर बसेका त्यस्ता लाइसेन्स घरमै पुर्‍याउने योजना बनाएका हौं ।

यसका लागि गत कात्तिक ६ गते बसेको चारवटै लाइसेन्स कार्यालयका प्रमुख र हुलाक सेवा विभागका प्रमुखबीचको बैठक पनि बसेको थियो । उक्त बैठकबाट एक खालको सहभागी भएको छ भने यसका लागि सम्झौता गर्ने विषय भने बाँकी छ ।

हुलाक विभागसँग सम्झौता गरी चाँडै नै घरमै लाइसेन्स पुर्‍याउने कामको सुरुवात गर्ने बताएका छन् । त्यसका लागि हुलाकले काठमाडौं उपत्यकाभित्र ५० रुपैयाँ र उपत्यकाबाहिर १०० रुपैयाँ शुल्क लिएर सेवा दिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०