close

दशैंको टिकाकाे दिन नेपाल टेलिकमबाट २६ लाख ७० हजार एसएमएस आदान-प्रदान

टेकपाना टेकपाना

कात्तिक १६, २०७७ १५:८

दशैंको टिकाकाे दिन नेपाल टेलिकमबाट २६ लाख ७० हजार एसएमएस आदान-प्रदान

काठमाडौं । दसैंको टिकाको दिन नेपाल टेलिकमबाट २६ लाख ७० हजार भन्दाबढी मोबाइल म्यासेज आदान-प्रदान भएको छ ।

सामाजिक सञ्जाल र म्यासेजिङ एपको बढ्दो प्रयोगले मोबाइलबाट म्यासेज पठाउने तथा कल गर्नेको संख्या घटिरहेको अहिलेको अवस्थामा पनि यो संख्यामा म्यासेज अदान-प्रदान भएको टेलिकमले जनाएको छ ।

टेलिकमका प्रवक्ता राजेश जोशीका अनुसार दसैंकाे टिकको दिनमात्रै २६ लाख ७० हजार म्यासेज आदान प्रदान भएको छ, जुन अघिल्लो सालको तुलनामा अझ बढी हो । २०७६ सालको दशैंको टिकाको दिन कुल २४ लाख ९० हजार मोबाइल म्यासेज आदान प्रदान भएको थियो ।

‘टिकाकै दिन आदान-प्रदान गरिएको म्यासेज भएकाले त्यसको धेरैजसो शुभकामनाकै लागि गरिएको हुनसक्ने अनुमान गर्न सकिन्छ,’ जोशी भन्छन, ‘सामाजिक सञ्जालको बढ्दो प्रयोगका बीचमा पनि मोबाइल म्यासेजबाट अदान प्रदान गरिने शुभकामना प्रति अझै विश्वास रहेको देखिएको छ ।’

पछिल्लो समय फेसबुक म्यासेन्जर, ह्वाट्सएप, भाइबर, विच्याट जस्ता ओभर दि टप (ओटीटी) सेवाको प्रयोग बढिरहेको छ । यसैमार्फत साथिभाइ तथा आफन्तलाई शुभकामना सन्देश पठाउने गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०