close

आईसीएफसी फाइनान्सबाट अब सोझै खल्तीमा पैसा लोड गर्न सकिने

टेकपाना टेकपाना

कात्तिक १७, २०७७ १६:२६

आईसीएफसी फाइनान्सबाट अब सोझै खल्तीमा पैसा लोड गर्न सकिने

काठमाडौं । अब आईसीएफसी फाइनान्स लिमिटेडबाट पनि खल्तीमा पैसा लोड गर्न सकिने भएको छ । फाइनान्सले आफ्ना इन्टरनेट र मोबाइल बैंकिङ सेवा प्रयोग गर्ने ग्राहकलाई डिजिटल भुक्तानी सेवा प्रदान गर्ने उद्देश्यका साथ खल्ती डिजिटल वालेटसँग सम्झौता गरेको हो ।

उक्त सम्झौतामा आईसीएफसी फाइनान्सका मानव संसाधन तथा सामान्य सेवा विभाग प्रमुख सञ्जय थपलिया र खल्तीका निर्देशक अमित अग्रवालबीच सम्झौतामा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता अनुसार आईसीएफसी फाइनान्सका ग्राहकले फाइनान्सको खाता सिधै खल्तीसँग लिंक गराउन सक्नेछन् ।

खातामा रहेको रकमबाट खल्तीको प्लेटफर्ममा रहेका सबै प्रकारका डिजिटल भुक्तानी सेवा उपयोग गर्न सकिने उल्लेख गरिएको छ । त्यसका लागि आईसीएफसी फाइनान्सले खल्ती डिजिटल वालेटलाई भर्चुअल मेसिन अपरेटिङ प्रणाली प्रदान गर्नेछ ।

यसको माध्यमबाट ग्राहकहरूले अनलाइन र अफलाइनबाट खल्तीमा रकम लोड गर्न सकिने उल्लेख गरिएको छ ।

आईसीएफसी फाइनान्सका ग्राहकले बैंक वाइन्डिंग, ई-बैंकिङ, मोबाइल बैंकिङ, बैंक स्मार्ट, बैंकिङ चेकआउट जस्ता विभिन्न माध्यममार्फत खल्तीमा रकम लोड गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०