close

स्यानिटाइजरले स्मार्टफोन सफा गर्नुहुन्छ ? सावधान !

टेकपाना टेकपाना

कात्तिक १८, २०७७ ८:१७

स्यानिटाइजरले स्मार्टफोन सफा गर्नुहुन्छ ? सावधान !

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीबाट जोगिन बारम्बार साबुनपानीले हात धुन र स्यानिटाइजरको प्रयोग गर्ने सल्लाह दिने गरिएको छ । मानिसहरु सकेसम्म कोरोनाको संक्रमणबाट टाढै रहन हरसम्भव प्रयास गरिरहेकै छन् ।

त्यसैले त घरबाट बाहिर निस्किँदा मुखमा मास्क र साथमा स्यानिटाइजर बोक्नु सामान्य बनिसकेको छ । यस्तोमा कतिपयले त स्मार्टफोनलाई संक्रमणरहीत तुल्याउन स्यानिटाइजरको समेत प्रयोग गरिरहेका हुन्छन् ।

आज हामी तपाईंलाई स्यानिटाइजरले मोबाइल फोन सफा गर्दा हुन सक्ने जोखिमको बारेमा बताउँदै छौं । अल्कोहलयुक्त स्यानिटाइजर फोनमा लगाएर सफा गर्दा तपाईंको फोन खराब हुन सक्छ ।

धेरै स्यानिटाइजरले मोबाइलको स्क्रिन, हेडफोन ज्याक र स्पिकर खराब हुन सक्दछ । कोरोनाभाइरसको महामारीका कारण मानिसहरुले स्यानिटाइजर प्रयोग गर्दा बिग्रिएका स्मार्टफोन बनाउन रिपेयरिङ सेन्टरमा जाने क्रम बढेको छ ।

स्यानिटाइजरमा प्रज्वलनशिल अल्कोहल हुने भएका कारण हेडफोन ज्याकबाट भित्र पसेर शर्ट सर्किट हुने खतरा समेत हुन्छ । यति मात्र होइन फोनलाई स्यानिटाइजरबाट सफा गर्दा तपाईंको फोनको कलर समेत फेरिन सक्छ ।

अल्कोहलयुक्त स्यानिटाइजरले फोनको डिस्प्ले र क्यामेरा लेन्सलाई समेत असर पुर्‍याउन सक्छ । सँगसँगै यसबाट फोनको डिस्प्लेको रंग पहेँलो हुनपुग्छ ।

त्यसो भए के गर्ने ?

यदि तपाईं फोनलाई संक्रमण रहीत बनाउन चाहनुहुन्छ भने सुरुमा फोनलाई अफ गर्नुहोस् । अब एउटा रुईको टुक्रा हातमा लिनुहोस् र त्यसमा रबिङ अल्कोहल राख्नुहोस् ।

अब त्यसलाई स्मार्टफोनको स्क्रिनमा एकतर्फी रुपमा सर्लक्क सफा गर्नुहोस् । तर रगड्ने काम भने सकेसम्म नगर्नुहोस् । साथै कपडामा रबिङ अल्कोहलको मात्रा कम मात्रामा राख्नुहोस् ।

मोबाइल सफा गर्ने तरिका विस्तृत रुपमा थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।

यस बाहेक तपाईं मोबाइल सफा गर्नका लागि सुरक्षित ब्याक्टेरियल टिस्यु पेपर समेत प्रयोग गर्न सक्नुहुन्छ । तपाईं कुनै पनि मेडिकल स्टोरबाट वाइप्स खरिद गर्न सक्नुहुन्छ । यस्तो पेपरले तपाईं फोनलाई संक्रमण रहीत तुल्याउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०