close

यस्ता छन् पाँच उत्कृष्ट प्रोगामिङ ल्याङवेज

टेकपाना टेकपाना

कात्तिक २०, २०७७ २१:१४

यस्ता छन् पाँच उत्कृष्ट प्रोगामिङ ल्याङवेज

काठमाडौं । पछिल्लो दशकमा विभिन्न एप्लिकेसनहरु आएका छन् । जसले सबै किसिमका अपरेटिङ सिस्टम र डिभाइसहरुमा राम्रोसँग काम गरिरहेका छन् । निश्चित एपका लागि कुनै एउटा अपरेटिङ सिस्टम प्रयोग गर्ने समय हामीले धेरै पछाडि छोडेर आइसकेका छौं ।

अब हामी क्लाउडमा डेटा स्टोर गर्न सक्छौं, वेब एपबाट त्यसमा पहुँच पुर्‍याउन सक्छौं र त्यसलाई आफ्नो इच्छा अनुसार मोडिफाई गर्न पनि सक्छौं । 

यी सबै विकास र सेवापछाडि वेब डेभलपरहरुको एउटा ट्यालेन्ट टिम छ, जसले प्रत्येक ‘पज्जल पिस’लाई कोड गरेर हामीलाई यो समग्र अनुभव प्रदान गर्दछ ।

वेबसाइट तथा पोर्टलको ब्याक इण्ड सिस्टमदेखि युजर इन्टरफेस एक्सपिरियन्स र हजारौं/लाखौं प्रयोगकर्ताहरुलाई सुरक्षित राख्ने सुरक्षा प्रोटोकलसम्ममा प्रयोगकर्ताहरुले उत्कृष्ट अनुभूति पाएका छन् ।

यी डेभलपरहरुले प्रत्येक दिन विभिन्न किसिमका रुचि भएका नयाँ नयाँ प्रयोगकर्ताहरुलाई समेत उही गतिमा समान अनुभूति दिइरहेका छन् ।  

कोडिङ सिप भएका र यसलाई अझ बढाउन चाहनेका लागि आज हामी तपाईंलाई शीर्ष पाँच उत्कृष्ट प्रोग्रामिङ ल्याङग्वेजहरुका बारेमा बताउँदै छौं । 

१. पाइथन 

पछिल्लो वर्षहरुमा प्रोग्रामिङ ल्याङग्वेजहरुको शीर्ष सूचीमा पाइथन पनि आएको छ । वेब आधारित एप्लिकेसनहरुलाई स्केलिङ गर्नमा यो ल्याङग्वेज एकदमै लचिलो छ । यसबाट बनेका एप्लिकेसनहरु सबै जसो प्लेटफर्ममा चल्छन् ।

कुनै थप संसोधनबिना यसबाट बनेका एप्लिकेसनले सबै डिभाइसलाई सपोर्ट गर्दछ । यो प्रयोग गर्न पनि एकदमै सजिलो हुन्छ । यी कुराहरुले यसलाई एकदमै सजिलो प्रोग्रामिङ ल्याङग्वेज बनाएको छ । 

तर यो एउटा इन्टरप्रेटेड ल्याङग्वेज भएको कारण यो मोबाइल स्पेसमा प्रयोग हुँदा ढिलो चल्ने यसको आफ्नै कमजोरी पनि छ । तर यसको सकरात्मक पक्ष नै धेरै छ । 

२. जाभास्क्रिप्ट

जाभास्क्रिप्ट मोबाइल वर्कप्लेसमा धेरै प्रयोग हुन्छ । यो भर्सटाइल, प्रयोग गर्न सजिलो, सुरुवातकर्ताहरुका लागि सजिलो इन्ट्री प्वाइन्ट, ठूलो सपोर्ट कम्युनिटी भएको र अन्य ल्याङग्वेजहरुसँग पनि अन्तरआबद्धता राम्रो भएको ल्याङग्वेज हो । 

यो एकदमै छिटो चल्छ । ९५ प्रतिशत वेबसाइटहरुले यो ल्याङग्वेज प्रयोग गर्दछन् र यसलाई वेबको वर्चस्वशाली ल्याङग्वेज मानिन्छ । 

यसको अर्को फिचर भनेको आजभोलीका सबै जसो आधुनिक ब्राउजरमा ब्युल्ट इन जाभा स्क्रिप्ट इन्जिन हुन्छन्, जसले यसलाई सर्भर साइड स्क्रिप्टको तुलनामा क्लाइन्ट साइड स्क्रिप्ट छिटो प्रोसेस गर्न अनुमति दिन्छ । 

तर यसका बेफाइदा पनि आफ्नै ठाउँमा छन् । अट्याकरहरुले सबैभन्दा धेरै मेलिसियस कोड इन्जेक्ट गर्ने ल्याङग्वेज नै जाभा हो । साथै कहिलेकाहिँ ब्राउजरपिच्छे यसको इन्टरप्रिटेसन परिवर्तन हुन्छ, जसले गर्दा एण्ड युजर्सको अनुभवमा फरक पर्दछ । 

३. पीएचपी 

पीएचपीलाई ब्याकइण्ड प्रोग्रामिङ ल्याङग्वेज मानिन्छ । यसैकारण एण्ड युजर्सको आखाँ पर्ने साइटको लुक्स वा जीयुआई भन्दा पनि यसले सर्भर र डेटा ह्याण्डलको इन्टरकनेक्सनलाई कसरी सम्हाल्ने भन्ने कुरालाई फोकस गर्दछ ।

यसैले ब्याकण्डको क्षेत्रमा यसका धेरै राम्रा र बलिया फिचरहरु छन् । जुनसुकै किसिमका वेबसाइट तथा सर्भिसको जगका लागि यसले शक्तिशाली फ्रेमवर्क र थिर मच्योर ल्याङग्वेजको रुपमा काम गर्दछ । यसको कम्युनिटी मेम्बर पनि बलियो छ । डिप्लोय तथा परिक्षणका लागि यसमा टूल पनि पर्याप्त छन् । 

तर यसको बेफाइदा भनेको अन्य ल्याङग्वेजको तुलनामा पीएचपीमा डेभलपमेन्ट निकै सुस्त छ । सपोर्ट तथा फिचर एड गर्न यो एक्सटेन्सनमा निर्भर हुन्छ र यसको डिजाइन पनि अन्य समकक्षी ल्याङग्वेजको तुलनामा त्यति सुरक्षित छैन । 

४. गो 

गोलाङ पनि भनिने गो प्रोग्रामिङ ल्याङग्वेजमा मल्टी थ्रेडिङ र लेण्ड्सका लागि राम्र सपोर्ट छ । गुगलका इन्जिनियरहरुले यसलाई बनाएको कारण सर्च इन्जिनबाट पनि यसलाई सपोर्ट छ ।

अन्य प्रोग्रामिङ ल्याङग्वेजको तुलनामा यो नयाँ हो । सफा सिन्टेक्समा आधारित भएको कारण यो सिक्नलाई पनि निकै सजिलो प्रोग्रामिङ ल्याङग्वेज हो । यसको डिजाइन सुरक्षित छ र यसले छिटो काम पनि गर्छ । 

तर यो भर्सटाइल नभएको टिप्पणी पनि गरिन्छ । गो प्रोग्रामिङ ल्याङग्वेज मल्टिकोर, नेटवर्क र ठूला डेटासेटमा काम गर्दा उत्पन्न हुने समस्यालाई सम्बोधन गर्न लक्षित हुन्छ । यसको भर्चुअल मसिनको कमीका कारण गोमा लेखिएका जटिल एपहरु यस समय धेरै प्रभावकारी हुँदैनन् । 

५. जाभा

जाभा मच्योर मात्र होइन, यो एउटा अत्याधिक प्रयोग हुने प्रोग्रामिङ ल्याङग्वेज पनि हो । यो वेब एपमा मात्र होइन ब्ल्यु रे प्लेयर्स, इन्टरप्राइज एप, स्मार्टफोन र अरुमा पनि प्रयोग भएको पाइन्छ ।

यसको सर्वाधिक प्रयोग पछाडिको कारण भनेको यो एकपटक लेखिएपछि जता पनि प्रयोग हुन सक्छन् । चाहे त्यो एपमा होस् वा कुनै डिभाइसमा, एकपटक प्रयोग भएपछि सबै समय उस्तै तरिकाले चल्छ । 

जाभाको स्थिरता र उसको जुनसुकै प्लेटफर्ममा काम गर्नसक्ने क्षमताका कारण यसलाई राम्रो मानिन्छ । तर यसको पर्फमेन्स भने एकदमै स्लो छ । 

रुबी पनि…

यो सूचीमा पाँच प्रोग्रामिङ ल्याङग्वेजको बारेमा मात्र उल्लेख गरिएको छ । तर रुबी यस्तो प्रोग्रामिङ ल्याङग्वेज हो जसलाई हामीले यो शीर्षकमा छुटाउनु हुँदैन । यसको फ्रेमवर्कका कारण यो वेब डेभलपमेन्टको क्षेत्रमा शक्तिशाली प्रोग्रामिङ ल्याङग्वेज मानिन्छ ।

पीएचपी जस्तै रुबी पनि ब्याक इन्ड प्रोग्रामिङ ल्याङग्वेज हो । यसको कम्युनिटी सपोर्ट पनि एकदमै राम्रो छ । फिचर रिच वेबसाइट बनाउनलाई यसमा ठूलो संख्यामा लाइब्रेरी छ । 

माथि उल्लेखित  प्रोग्रामिङ ल्याङग्वेज जस्तै यो मूलधारको ल्याङग्वेज होइन । तर ईकमर्शमा आफ्नो प्रभावका लागि यो परिचित छ । यसबाट बनेका एयर बीएनबी र हुलु जस्ता वबेसाइटहरु एकदमै धेरै चर्चित छन् । यो पनि समस्या रहित भने छैन ।

यसले संसाधनको अत्याधिक उपभोग गर्ने तर तुलनामा पर्फमेन्स कमजोर हुने बताइन्छ । प्रोग्रामिङको क्षेत्रमा प्रवेश गरेका नयाँहरुका लागि यो निकै जटिल हुने बताइन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०