close

डिशहोमको डबल धमाका तिहारमा पनि, हरेक हप्ता एक लाख जित्ने अवसर

टेकपाना टेकपाना

कात्तिक २०, २०७७ १६:५४

डिशहोमको डबल धमाका तिहारमा पनि, हरेक हप्ता एक लाख जित्ने अवसर

काठमाडौं । डिशहोमले यसअघि सञ्चालनमा ल्याएको डबल धमाका अफर तिहारमा पनि जारी राख्ने भएको छ । याे अफरमा प्रयोगकर्ताको उच्च सहभागिता रहेको भन्दै तिहारसम्म सञ्चालन गर्ने जानकारी कम्पनीले दिएको छ ।

डिशहोमले उक्त अफर अन्तर्गत ‘डिशहोममा डिलर दाइको डिस्काउन्ट’ नामक कार्यक्रम सञ्चालन गरिरहेको छ । यस अन्तर्गत ग्राहकले डिलर दाइमार्फत फण्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्दा साप्ताहिक ‘लक्की ड्र’मा भाग लिने अवसर पाउँछन् ।

साथै २४ महिनाको लागि रिचार्ज गर्दा साप्ताहिक ‘लक्की ड्र’मा डबल मौका प्राप्त गर्न सकिनेछ । उक्त लक्की ड्र मार्फत हप्तामा २ जना भाग्यशाली ग्राहकले प्रति व्यक्ति एक लाख नगद उपहार प्राप्त गर्नेछन् ।

साप्ताहिक लक्की ड्रको विजेताको घोषणा डिजिटल प्रणालीबाट गरिनेछ । जसको प्रत्यक्ष प्रसारण हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको शोकेस च्यानल नम्बर १०० र रमाइलो टिभीबाट गरिने कम्पनीले जनाएको छ ।

अनलाइनबाट ५ हजार वा सोभन्दा माथि रिचार्ज गर्ने ग्राहकलाई पनि यो अफरमा सहभागी गराइने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०