close

७ हजार एमएएच ब्याट्री भएको स्मार्टफोन ल्याउँदै सामसङ

टेकपाना टेकपाना

कात्तिक २१, २०७७ १३:१३

७ हजार एमएएच ब्याट्री भएको स्मार्टफोन ल्याउँदै सामसङ

काठमाडौं । कोरियन कम्पनी सामसङले ७००० एमएएच क्षमताको शक्तिशाली ब्याट्री भएको स्मार्टफोन ल्याउने तयारी थालेको छ । जसलाई सामसङ ग्यालेक्सी वा ग्यालेक्सी एम ट्वेल्भको नामबाट सार्वजनिक गरिने बताइएको छ ।

नाइन्टी वान मोबाइलको रिपोर्ट अनुसार सामसङको नयाँ फोनसँग जोडिएको फोटो लिक भएको छ । जसमा एम १२७ एफ/एफ१२७ जी मोडल नम्बर देखिएको देखिएको छ ।

यो डिभाइस सामसङ ग्यालेक्सी एफ ट्वेल्भ वा ग्यालेक्सी एम ट्वेल्भ हुन सक्छ । यो रिपोर्टमै फोनमा ७००० एमएएच क्षमताको ब्याट्री हुनसक्ने बताइएको छ ।

यो फोनको पछाडि भागमा क्वाड क्यामेरा सेटअप मोड्युल (चार वटा क्यामेरा भएको) देखिन्छ । अन्य फिचरको कुरा गर्दा कम्पनीको यो फोनमा एक्सनस ९६११ अक्टा कोर प्रोसेसरका साथ कनेक्टिभिटीका लागि ब्लुटुथ, वाईफाई, ३.५ एमएम हेडफोन ज्याक र यूएसबी पोर्ट जस्ता फिचर हुनेछन् ।

यो फोनको मूल्य करिब २१ हजार रुपैयाँ हुनसक्ने अनुमान छ । यद्यपि कम्पनीको तर्फबाट अहिलेसम्म आधिकारिक रुपमा यसको सार्वजनिक हुने मिति, मूल्य र फिचर आदि विषयमा कुनै जानकारी भने दिएको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०