close

मेकानिकाल जुम लेन्स क्यामेरा भएको फोन ल्याउँदै साओमी (भिडियाे सहित)

टेकपाना टेकपाना

कात्तिक २१, २०७७ १८:७

मेकानिकाल जुम लेन्स क्यामेरा भएको फोन ल्याउँदै साओमी (भिडियाे सहित)

काठमाडौं । साओमी कतिसम्म महत्वाकांक्षी छ भन्ने विषय हालै विश्वको तेस्रो ठूलो स्मार्टफोन सप्लायर्स हुनुले पनि दर्शाउँछ । बिहीबार आयोजना भएको एमआई डेभलपर कन्फ्रेन्स २०२० मार्फत कम्पनीले आगामी दिनमा अझ धेरै ठूला योजना रहेको संकेत गरेको छ ।

त्यसमध्ये आउँदो जुलाईमा कम्पनीले फाइभजी स्मार्टफोन सार्वजनिक गर्दैछ । जसमा १०८ मेगापिक्सेलको मेकानिकल जुम लेन्स सहितको क्यामेरा हुनेछ ।

उक्त स्मार्टफोनको प्रोटोटाइप कम्पनीले एमआई डेभलपर कन्फ्रेन्स २०२० मार्फत सार्वजनिक गरेको हो ।

साओमीका प्रतिनिधिका अनुसार उक्त क्यामेरा प्रविधिले सामान्यतया भन्दा ३०० प्रतिशत लाइट बढाउने र २० प्रतिशत क्लियारिटी थप्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०