close

कागज जस्तै बेर्न मिल्ने स्मार्टफोन ल्याउँदै एलजी

टेकपाना टेकपाना

कात्तिक २२, २०७७ १२:३

कागज जस्तै बेर्न मिल्ने स्मार्टफोन ल्याउँदै एलजी

काठमाडौं । अहिले बजारमा फोल्डेबल स्मार्टफोनको ट्रेन्ड चलिरहेको छ । पछिल्लो दिनमा एलजीले रोटेटिङ डिस्प्ले भएको स्मार्टफोन बजारमा ल्यायो ।

अब चर्चा चल्न थालेको छ कि कम्पनी एउटा अर्को रोटेटिङ डिस्प्ले भएको स्मार्टफोन एलजी रोलेबल सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यो स्मार्टफोनको सबैभन्दा महत्वपूर्ण विशेषता नै के छ भने यसको डिस्प्लेलाई कागज जस्तै बेर्न सकिन्छ ।

रोलेबल डिस्प्लेका साथ आउने यो विश्वकै पहिलो स्मार्टफोन हुनेछ । लिक्सका अनुसार एलजी रोलेबलका लागि प्रयोगकर्ताले धेरै समयको प्रतिक्षा समेत गर्नुपर्ने छैन ।

यो फोन आउँदो वर्षसम्म सार्वजनिक हुनसक्ने अनुमान गर्न सकिन्छ । कम्पनीको अपकमिङ तथा अनौठो स्मार्टफोन एलजी रोलेबलले हालै मात्र ट्रेडमार्क एप्लिकेसन प्लेटफर्म ईयूआईपीओमा स्पट गरिएको थियो ।

जहाँबाट यसको नामलाई यकिन गरिएको हो । फोनको नामबाटै पूर्ण रुपमा स्पष्ट हुन्छ कि नयाँ स्मार्टफोन रोलेबल डिस्प्लेका साथ बजारमा प्रस्तुत हुनेछ । कम्पनीले यसलाई आउँदो वर्षको मार्चसम्ममा सार्वजनिक गर्नेछ ।

यद्यपी अहिलेसम्म कम्पनीको तर्फबाट यो स्मार्टफोनको विषयमा आधिकारिक तवरमा कुनै घोषणा भने गरिएको छैन । लेट्सगोडिजिटलको रिपोर्टअनसार कम्पनीले दर्ता गराएको ट्रेडमार्क आवेदनबाट यसको अवधारणा स्पष्ट भएको छ ।

रिपोर्टमा जानकारी दिइएअनुसार कम्पनीले सुरुमा आफ्नो रोलेबल स्मार्टफोनलाई एलजी द रोल, एलजी डबल रोल, एलजी डुअल रोल, एलजी बिरोल र एलजी रोल क्यानभास नाम राख्ने विषयमा विचार गरिरहेको थियो । तर अन्ततः कम्पनीले यो स्मार्टफोनलाई एलजी रोलेबल नामका साथ दर्ता गराएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०