close

६ हजार एमएएच ब्याट्री भएको सामसङ ग्यालेक्सी एम २१ एस सार्वजनिक

टेकपाना टेकपाना

कात्तिक २३, २०७७ १२:१३

६ हजार एमएएच ब्याट्री भएको सामसङ ग्यालेक्सी एम २१ एस सार्वजनिक

काठमाडौं । दक्षिण कोरियाली कम्पनी सामसङले आफ्नो ग्यालेक्सी एम ट्वान्टी वान फोन सार्वजनिक गरेको छ । शक्तिशाली ब्याट्री तथा क्यामेराका साथ कम्पनीले एम सिरिजमा पछिल्लो फोन सार्वजनिक गरेको हो ।

हाललाई ब्राजिलमा सार्वजनिक भएको यो फोन यसअघि सार्वजनिक भएको एफ ४१ को रिब्रान्डेड भर्सन हो । ६ हजार एमएएच क्षमताको ब्याट्री राखिएको यो फोनमा १५ वाटको फास्ट चार्जरको सपोर्ट समेत रहेको छ ।

ब्राजिलमा यो फोनका लागि १५२९ बीआरएल अर्थात करिब ३३ हजार रुपैयाँ मूल्य राखिएको छ । यो फोनमा चार जीबी र्‍याम तथा ६४ जीबी स्टोरेज राखिएको छ ।

ग्यालेक्सी एफ ४१ भने ६ जीबी र्‍यामको साथमा ६४ जीबी तथा १२८ जीबी भेरियन्टमा सार्वजनिक भएको थियो । ग्यालेक्सी एम ट्वान्टी वान एस फोन एन्ड्रोइड टेनमा रन हुन्छ ।

कनेक्टिभिटीका लागि फोनमा वाईफाई ५.०, जीपीएस, यूएसबी टाइपसी पोर्ट र ३.५ एमएम हेडफोन ज्याक राखिएको छ । यसमा ६.४ इन्चको फुल एचडी प्लस (१०८० बाई २३४० पिक्सेल) को सुपर एमोलेड डिस्प्ले राखिएको छ ।

फोनमा अक्टाकोर एक्सनस ९६११ प्रोसेसर रहेको छ । साथै यो फोनमा राखिएको क्यामेरा समेत आकर्षक रहेको छ । तीन वटा क्यामेरा राखिएको एम ट्वान्टी वान एसमा प्राइमरी क्यामेरा ६४ मेगापिक्सेलको रहेको छ ।

सेल्फीका लागि भने ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ । जसबाट निकै आकर्षक तस्वीर खिच्न सकिने बताइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०