close

अमेजन प्राइमका प्रयोगकर्तालाई आउन थाल्यो फ्रड कल, सचेत रहन आग्रह

टेकपाना टेकपाना

कात्तिक २३, २०७७ १५:४३

अमेजन प्राइमका प्रयोगकर्तालाई आउन थाल्यो फ्रड कल, सचेत रहन आग्रह

काठमाडौं। अमेजन प्राइमको सेक्युरिटी डिपार्टमेन्टबाट कल गरेको भन्दै अमेजन प्राइम प्रयोगतर्कालाई फ्रड कल आउने थालेको छ । कोभिड १९ सुरु भएसँगै नयाँ प्रयोगकर्तालाई त्यस्तो खालको कल गइरहेको उल्लेख गरिएको छ ।

सेक्युरिटी एक्सपर्टका अनुसा प्रयोगतर्कालाई तपाईंको अमेजन प्राइम अकाउँट क्यालिफोर्नियामा ‘कम्प्राेमाइज’ भएको र त्यहाँबाट सिरिजमा पेमन्ट भइरहेको भनेर कल गइरहेको छ । कल गर्नेले आफू ‘अमेजन प्राइम सेक्युरिटी’ भन्दै परिचय दिने गरेको समेत उल्लेख गरिएको छ ।

प्रयोगकर्तालाई उक्त समस्या समाधानको लागि ‘टिम भ्युअर’ खोल्न लगाएर त्यहाँबाट आवश्यक जानकारी संकलन गरिरहेको छ । टिम भ्युअरबाट ल्यापटपको स्क्रिन सेयर गर्न लगाएर ट्रान्जेक्सनकाे कोड लिएर बैंक आकाउण्टबाट पैसा चोरी गरिरहेका छन् ।

त्यसरी नै गएको जुलाईमा ब्राइटनकी एक महिलाको ७ हजार पाउण्ड अर्थात ९ लाख ८१ हजारको हाराहारीमा चोरी भएको उल्लेख गरिएको छ । यसरी आफ्नो डिभाइसमा रिमोट एक्सेज दिँदा ह्याकरले ल्याटपटमा मालवयेर राख्न सक्ने डिजिटल प्राइभेसी एक्स्पर्ट रे वाल्स बताउँछन् ।

‘त्यो हुँदा उसले उक्त डिभाइसमा सँधैको लागि एक्सेस प्राप्त गर्ने सक्नेछ,’ उनले भने, ‘ह्याकरले त्यसमा किलगर जस्ता कोड रिडर राखेर ओटीपी कोड हात पार्न सक्ने भएकाले त्यस्तो विषयमा ध्यान दिनुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०