close

१९ हजारमै ६ जीबी र्‍याम भएको पोको फोन नेपालमा, साथमा ५ हजार एमएएचको ब्याट्री

टेकपाना टेकपाना

कात्तिक २३, २०७७ १३:३४

१९ हजारमै ६ जीबी र्‍याम भएको पोको फोन नेपालमा, साथमा ५ हजार एमएएचको ब्याट्री

काठमाडौं । स्मार्टफोन ब्राण्ड पोकोको नयाँ मोडल ‘पोको एम टु’ र ‘पोको सी थ्री’ नेपाली बजारमा सार्वजनिक भएको छ । सस्तो मूल्यमा प्रिमियम स्मार्टफोन ‘पोको एफ वान’ ल्याएर विश्व बजारमा पहिचान बनाएको कम्पनीले दोस्रो पटक आफ्नो उत्पादन नेपालमा भित्र्याएको हो ।

यसअघि सन् २०१८ मा पोको एफ वान नेपाली बजारमा उपलब्ध भएको थियो । पोकोले मी फ्यानहरु र प्रयोगकर्ताहरुबाट निकै राम्रो प्रतिक्रिया पाएको साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने ।

‘यो ब्राण्डको दुई नयाँ मोडल बजारमा सार्वजनिक गरको छाैं । यो फोन प्रविधि र डिजाइनको समिश्रण हो । सस्तो मुल्यमा उत्कृष्ट फोन प्रयोग गर्न चाहने प्रयोगकर्ताका लागि यी दुई फोन सबैभन्दा उत्कृष्ट विकल्प हुनेछ,’ उनले भने ।

पोको एम टु

मेडियाटेक हेलियो जी८० अक्टाकोर प्रोसेसर रहेको पोको एम टुमा ६ जीबी र्‍याम रहेको छ । फोनमा ६४ जीबी स्टोरेज क्षमता छ । मेडियाटेक र यसमा रहेको रोम र र्‍यामको मिश्रणले यस फोनमार्फत गेमिङ्गको आनन्द लिन सकिने कम्पनीले बताएकाे छ ।

एम टुमा ६.५३ इन्च पूर्ण एचडी प्लस डिस्प्ले रहेको छ । एड्ज—टु —एड्ज डिस्प्ले रहेको फोनमा स्क्रिन सुरक्षाका लागि कर्निङ गोरिल्ला ग्लास ३ प्रयोग गरिएको छ । रियरमा फिंगरप्रिन्ट सेन्सरका साथ आएको फोनको सुरक्षाको लागि पीटुआई न्यानो कोटिङ प्रयोग गरिएको छ ।

पोको एम टुमा ४ वटा क्यामेरा प्रयोग गरिएको छ । जसमा १३ एमपी प्राइम सेन्सर, ८ एमपी अल्ट्रा वाइड सेन्सर, ५ एमपी म्याक्रो सेन्सर र २एमपी डेप्थ सेन्सर रहेको छ ।

त्यस्तै फोनमा ८ एमपी अल्ट्रा वाइड क्यामेरा रहेको छ । फोनमा शक्तिशाली ५ हजार एमएएच ब्याट्री रहेको छ । फोनमा १८ वाटको फास्ट चार्जिंङ रहेको छ ।

पोको सी थ्री

एम टुसँगै पोकोले पोको सी थ्री पनि बजारमा उपलब्ध गराएको छ । यो फोन बजारमा उपलब्ध भएको सबैभन्दा सस्तो ट्रिपल क्यामेरा फोन भएको दाबी कम्पनीले गरेको छ ।

पोको सी थ्री मा १३ एमपी प्राइमरी सेन्सर, २ एमपी म्याक्रो सेन्सर र १३ एमपी डेप्थ सेन्सर रहेको छ ।

यसमा पनि ५ हजार एमएएच क्षमताको ब्याट्री रहेको छ । फोनमा मेडियाटेक हेलियो जी ३५–८ कोर प्रोसेसर रहेको छ ।

पोको सी थ्रीमा ६.५३ इन्च पूर्ण एचडी प्लस डिस्प्ले रहेको छ । फोनको सुरक्षाका लागि पीटुआई न्यानो कोटिङ प्रयोग गरिएको छ ।

मूल्य र उपलब्धता

६ जीबी र्‍याम र ६४ जीबी इन्टर्नल स्टोरेज रहेको पोको एम टुकाे मूल्य १८ हजार ९ सय ९९ रूपैयाँ रहेकाे छ । यो फोन ब्रिक रेड, पिच ब्लाक र स्लेट ब्लू कलर अप्सनमा उपलब्ध हुनेछ ।

त्यस्तै आर्कटिक ब्लु, लाइम ग्रीन र म्याट ब्लाक रङमा ४ जीबी र्‍याम ६४ जीबी स्टोरेज रहेको पोको सी थ्रीको मूल्य १४ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । यी फोन मी स्टोर र रिटेल पार्टनरमा छिट्टै उपलब्ध हुनेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०