close

विन्डोज कम्प्युटर रिस्टार्ट गर्ने ३ स्मार्ट तरिका

टेकपाना टेकपाना

कात्तिक २३, २०७७ २०:५६

विन्डोज कम्प्युटर रिस्टार्ट गर्ने ३ स्मार्ट तरिका

काठमाडौं । कम्प्युटर सिस्टमको स्वस्थ र रुटिन प्रक्रियाका लागि विण्डोज कम्प्युटरहरुलाई नियमित रुपमा रिस्टार्ट गर्नुपर्छ । यदि कम्प्युटरलाई नियमित रुपमा रिस्टार्ट गरिएन भने यसमा फ्रिज, स्लो तथा ग्लिच उत्पन्न हुने समस्या देखा पर्दछ । 

कम्प्युटरलाई स्लिप मोडमा राख्न सजिलो हुन्छ र धेरैजनामा यस्तो बानी पनि हुन्छ । तर यसले हाम्रो कम्प्युटरलाई असर गर्दछ । यदि तपाईंको पनि यस्तै बानी छ भने हप्तामा कम्तिमा एकपटक डिभाइसलाई रिस्टार्ट गर्नुहोस् । 

कम्प्युटर रिस्टार्ट गर्दा यसले कम्प्युटरको मेमोरीको सफाई गर्दछ । यस्तै कम्प्युटरलाई सटडाउन वा प्रोग्राम अपडेट गर्दा प्रोसेसर पनि दबाब रहित स्वच्छ रहन्छ । 

कम्प्युटरलाई कसरी रिस्टार्ट गर्ने त ?

विण्डोज कम्प्युटरलाई सटडाउन वा रिस्टार्ट गर्ने केही तरिकाहरु हुन्छन् । तर सबै अवस्थामा तपाईंले एउटै तरिकाले कम्प्युटरलाई रिस्टार्ट गर्न सक्नुहुँदैन । कम्प्युटर कसरी रन भइरहेको भन्ने कुरामा त्यसलाई रिस्टार्ट गर्ने विधि फरक पर्दछ । बिजनेश इन्साइडरले दिएका केही तरिका हामीले यहाँ प्रस्तुत गर्दै छाैं ।

१. अन स्क्रिन स्टार्ट बटनको प्रयोग 

विण्डोज कम्प्युटरलाई सटडाउन वा रिस्टार्ट गर्ने यो सबैभन्दा राम्रो विधि हो । स्टार्ट बटन प्रयोग गरेर तपाईंले पुरै कम्प्युटरलाई रिस्टार्ट गर्न सक्नुहुन्छ । यसो गर्दा रन भइरहेका सबै एपलाई राम्रोसँग बन्द हुन्छन्, कम्प्युटर पुरै सटडाउन हुन्छ र फेरि खुल्दछ ।

रिस्टार्ट मात्र होइन सटडाउन गर्दा पनि तपाईंको कम्प्युटर पुरै पावर ब्याकअप हुन सक्छ । यसका लागि निम्न प्रक्रिया अपनाउनुहोस् । 

१. स्क्रिनको तलतिरको बायाँ कुनामा रहेको स्टार्ट बटन क्लिक गर्नुहोस् । वा कीबोर्डमा रहेको विण्डोज ‘की’ पनि दबाउन सक्नुहुन्छ । यति गरिसकेपछि स्टार्ट मेनु खोल्नुहोस् । 

२. पावर आइकन चयन गर्नुहोस् ।

३. पावर बटन क्लिक गरी सकेपछि कम्प्युटरलाई स्लिप, रिस्टार्ट र पावर अफ गर्ने तीन अप्सन देख्न सक्नुहुन्छ । रिस्टार्ट बटनलाई थिचेर पनि तपाईंले विण्डोज कम्प्युटरलाई रिस्टार्ट गर्न सक्नुहुन्छ । 

२. कन्ट्रोल प्लस अल्ट प्लस डिलिट (Ctrl+Alt+Delete) क्लिक गर्नुहोस् 

यो विधिबाट कम्प्युटर रिस्टार्ट गर्न तपाईंले पुरै कीबोर्डको सहायता लिनु पर्दछ । एप्लिकेसन फ्रिज भएको वा कम्प्युटरको प्रोसेसिङ स्पिड रोकिएको बेला तपाईंले यो प्रक्रिया अपनाउन सक्नुहुन्छ । 

१. कम्प्युटरको कीबोर्डमा कन्ट्रोल, अल्ट र डिलिटलाई एकैपटक थिचिरहनुहोस् । 

२. केही बेरपछि सबै कीलाई छोडी दिनुहोस्, अनि विण्डोजमा नयाँ मेनुलाई कुर्नुहोस् । 

३. स्क्रिनको दायाँ कुनाको तलतिर पावर आइकनलाई थिच्नुहाेस् । 

४. सटडाउन र रिस्टार्टबीच एउटा चयन गर्नुहोस् । 

३. पावर बटनको प्रयोग 

तपाईंको कम्प्युटर पुरै फ्रिज भएको अवस्थामा भने यो विधि प्रयोग गर्न सक्नुहुन्छ । तर यस्तो किसिमको फोर्स सटडाउन सधै प्रयोग गर्दा कम्प्युटरको सिस्टममा खराबी आउन सक्छ ।

कन्ट्रोल प्लस अल्ट प्लस डिलिट (Ctrl+Alt+Delete) को विधिले काम गर्न सकेन भने फोर्स स्टप विधि प्रयोग गर्नुहोस् तपाईंको कम्प्युटर अनुसार पावर बटन जहाँ पनि बसेको हुन सक्छ । धेरैजसो डिभाइसमा यस्तो पावर बटन ल्यापटपको दायाँ वा बायाँतिरको माथिल्लो भागमा राखिएको हुन्छ ।

डेस्कटप कम्प्युटरमा भने यो भर्टिकल वा होरिजेन्टल टावरमा हुन्छ । जब सटडाउन र रिस्टार्ट पुरा हुन्छ तपाईंले जुनसुकै एप्लिकेसन खोलेर फाइल रिकभर गर्न सक्नुहुन्छ । 

पावर बटन प्रयोग गरेर यसरी सटडाउन गर्नुहोस् कम्प्युटर 

१. कम्प्युटरको पावर बटन कता छ त्यो पहिले खोज्नुहोस् । 

२. अब पावर बटनलाई कम्प्युटर बन्द नभएसम्म थिचिरहनुहोस् । 

३. कम्प्युटरको फ्यान बन्द भएको नसुनेसम्म र स्क्रिन पुरै कालो नभएसम्म तपाईंले बटन थिच्नुपर्छ । 

४. अब कम्प्युटरलाई सामान्य रुपमा फेरि खोल्न पावर बटन नै थिच्नुहोस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०