close

४/६४ जीबी भेरियन्टमा १५ हजार रुपैयाँमै ‘पोको सी थ्री’, साथमा ५००० एमएएच ब्याट्री

टेकपाना टेकपाना

कात्तिक २५, २०७७ १२:३६

४/६४ जीबी भेरियन्टमा १५ हजार रुपैयाँमै ‘पोको सी थ्री’, साथमा ५००० एमएएच ब्याट्री

काठमाडौं । नेपाली बजारमा केही दिनअघि मात्रै सार्वजनिक भएका पोको एम टु र पोको सी थ्रीप्रति धेरै उपभोक्ता आकर्षित भएका छन् । प्रतिस्पर्धी अन्य कम्पनीका स्मार्टफोनका तुलनामा केही सस्तो र राम्रा फिचर सहित यी फोन आएकाले बजारमा राम्राे प्रतिक्रिया बटुलिरहेकाे छ ।

यी दुईमध्ये पाेकाे सी थ्री नेपाली बजारमा उपलब्ध भएको सबैभन्दा सस्तो ट्रिपल रियर क्यामेरा फोन भएको दाबी कम्पनीले गरेको छ ।

पोको सी थ्री मा एलइडी फ्ल्यास सहित १३ मेगापिक्सेलकाे प्राइमरी सेन्सर, २ एमपी म्याक्रो सेन्सर र १३ एमपी डेप्थ सेन्सर रहेको छ । त्यस्तै सेल्फी पारखीका लागि ५ मेगापिक्सेलकाे क्यामेरा छ ।

फाेनकाे अर्काे महत्वपूर्ण विशेषताकाे कुरा गर्दा यसमा ५ हजार एमएएच क्षमता शक्तिशाली ब्याट्री छ, जसमा १० वाटकाे चार्जिङ टेक्नाेलाेजी छ ।

फोनमा मेडियाटेककाे गेमिङ चिपसेट हेलियो जी ३५–८ कोर प्रोसेसर रहेको छ, जसले हाइपर इन्जिन टेक्नाेलाेजी सपाेर्ट गर्दछ । याे फाेनकाे ३/३२ जीबी र ४/६४ जीबी भेरियन्ट भएकाेमा नेपालमा चैं ६/६४ भेरियन्ट मात्र भित्रिएकाे छ ।

उपभाेक्ताले यी विशेषता सहितकाे पाेकाे सी थ्री खरिद गर्न १४ हजार नाै सय ९९ रूपैयाँ छुट्याउनुपर्छ । १९४ ग्राम तौलको यो फोनमा दुई वटा सिम सपोर्ट गर्दछ ।

पान्डा ग्लासले प्रोटेक्ट गरिएको ६.४३ इन्चको एचडी प्लस डिस्प्लेमा रिजोलुसन ७२० बाई १६०० पिक्सेल र २०ः९ रेसियो रहेको छ । फोनको सुरक्षाका लागि पीटुआई न्यानो कोटिङ प्रयोग गरिएको छ । एमआईयुआई ट्वेल्भमा आधारित एन्ड्राेइड टेन अपरेटिङ सिस्टममा याे फाेन चल्दछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०