close

२ खर्ब ३७ अर्ब बढीमा गुगलले किन्ने भयाे स्मार्टवाच निर्माता फिटबिट

टेकपाना टेकपाना

कात्तिक १८, २०७६ ११:१८

२ खर्ब ३७ अर्ब बढीमा गुगलले किन्ने  भयाे स्मार्टवाच निर्माता फिटबिट

स्मार्टवाच निर्माता अमेरिकी कम्पनी फिटबिटलाई अर्को अमेरिकी कम्पनी गुगल इन्कले २ अर्ब १० करोड डलर अर्थात नेपाली मूल्य २ खर्ब ३७ अर्ब रुपैयाँमा किन्ने भएको छ । दुई कम्पनीले यो खबरलाई पुष्टि गरिसकेका छन् ।

१२ वर्षअघि स्थापना भएको फिटनेस ट्र्याकर डिभाइस निर्माण गर्ने यो कम्पनीको स्मार्टवाचन प्रयोगकर्ता माझ लोकप्रिय छ । कम्पनीले हालसम्म १० करोडभन्दा बढी स्मार्टवाच बिक्री गरिसकेको छ ।

संसारभर स्मार्टवाच लोकप्रिय बनाउन फिटबिटको भूमिका अहम् रहेको मानिन्छ । सुरुवाति समयमै स्मार्टवाच बिक्री गर्ने सीमित कम्पनीमध्येमा पर्ने फिटबिट प्रयोगकर्तामाझ लोकप्रिय भए पनि पछिल्लो समय कम्पनीले नाफा आर्जन गर्न भने सकेको छैन ।

फिटबिटले गुगलसँगको बिक्री सम्झौता पुष्टि गर्दै गाँभिएपछि कम्पनीको यात्रा सहज हुने टिप्पणी गरेको छ । यद्यपि दुई कम्पनीबीच खरिदबिक्रीको सम्झौता पक्का भए पनि दुवै कम्पनीको बोर्डबाट स्वीकृत हुन र अमेरिकी सरकारी निकायबाट स्वीकृति लिन बाँकी छ ।

स्मार्टफोन डिभाइसको क्षेत्रमा प्रवेश गरिसकेको गुगलले फिटबिट खरीद गरेसँगै स्मार्टवाचको क्षेत्रमा समेत आफ्नो उपस्थिति जनाउनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०