close

ठूलो डटकम र कल्पमार्टमा सामान किन्दा १५ प्रतिशत छुट दिँदै कनेक्ट आईपीएस

टेकपाना टेकपाना

कात्तिक २७, २०७७ २१:१३

ठूलो डटकम र कल्पमार्टमा सामान किन्दा १५ प्रतिशत छुट दिँदै कनेक्ट आईपीएस

काठमाडौं । यसपालीको तिहारमा अनलाइन किनमेल अनलाइन भुक्तानी माध्यमको प्रयोगलाई प्रोत्साहन गन नेपाल क्लियरिङ हाउस लिमिटेडले एनआइसी एसिया बैंक लिमिटेडसँग सहकार्य गरी कनेक्ट आईपीएस डिजिटल किनमेल अफर ल्याएको छ ।

यस अफर अन्तर्गत बैंकका ग्राहकहरुले ठूलो डटकम तथा कल्पमार्टबाट अनलाइन किनमेल गरी कनेक्ट आईपीएसमार्फत भुक्तानी गर्दा प्रतिकारोबार १५ प्रतिशत (अधिकतम रु. ५००) सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यो अफर तिहारको समयलाई लक्षित गरी कार्तिक २७ देखि मंसिर १ सम्म लागू हुनेछ ।

बैंकका ग्राहकहरुले कनेक्ट आईपीएसमा एक पटक रजिष्टर गरी आफ्ना खाताहरु लिंक गरी बैंकबाट वा अनलाइनबाटै सेल्फ भेरिफाई गराई सेवा सुचारु गर्न सक्दछन् ।

ग्राहकहरुले घरमै बसी सहज तरिकाले फण्ड ट्रान्सफर लगायतका अन्य भुक्तानीहरु खाताबाटै गर्न कनेक्ट आईपीएसको वेबसाइट, यसको मोबाइल एप, बैंक वित्तीय संस्थाको मोबाईल/इन्टरनेट बैंकिङ्गमा रहेको कनेक्ट आईपीएस तथा विभिन्न क्रेडिटरहरुको वेबसाइटमा जोडिएको पेमेन्ट गेटवे लगायतका माध्यमहरुबाट प्रयोग गर्न सक्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०