close

टेलिकमको मोबाइल रिचार्जमा १० प्रतिशत भ्वाइस कल बोनस

टेकपाना टेकपाना

कात्तिक २८, २०७७ १४:४३

टेलिकमको मोबाइल रिचार्जमा १० प्रतिशत भ्वाइस कल बोनस

काठमाडौं । नेपाल टेलिकमले मोबाइल रिचार्जमा १० प्रतिशत बोनस प्रदान गर्ने भएको छ । कम्पनीले तिहार तथा छठलाई लक्षित गर्दै यस्तो अफर सञ्चालनमा ल्याएको हो ।

फेस्टिभ अफरको रुपमा सञ्चालन गरिएको यस अफर रिचार्ज कार्ड तथा पाेस मेसिनमा मात्रै लागू हुने उल्लेख गरिएको छ ।

यसको अर्थ नेपाल टेलिकमको रिचार्ज कार्ड खरिद गरी रिचार्ज गरेको खण्डमा र विभिन्न स्थानमा उपलब्ध हुने पाेस मेसिन प्रयोग गरि रिचार्ज गर्दा यो बोनस प्राप्त गर्न सकिन्छ ।

यस अन्तर्गत २० रुपैयाँदेखि ५० रुपैयाँको रिचार्जमा ५ मिनेट, ५१ देखि सय रुपैयाँको रिचार्जमा १० मिनेट, १ सय १ रुपैयाँदेखि २ सयसम्मको रिचार्जमा २० मिनेट बोनस प्राप्त गर्न सकिन्छ । त्यसरी प्राप्त भएको बोनस कल एक दिनसम्म प्रयोग गर्न सकिने छ ।

त्यस्तै दुई सय १ रुपैयाँदेखि ४ सय ९९ रुपैयाँसम्मको रिचार्जमा ३० मिनेट, ५ सयदेखि ९ सय ९९ रुपैयाँसम्मको रिचार्जमा ५० मिनेट र हजार रुपैयाँभन्दा बढिको रिचार्जमा सय मिनेट बोनस कल उपलब्ध हुने उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०