close

एन्ड्रोइडमा ‘अल्ट्रा वाइड ब्याण्ड एपीआई’ थपिँदै, यसरी गर्नेछ काम

टेकपाना टेकपाना

कात्तिक २९, २०७७ ९:४

एन्ड्रोइडमा ‘अल्ट्रा वाइड ब्याण्ड एपीआई’ थपिँदै, यसरी गर्नेछ काम

काठमाडौं । स्मार्टफोनको सुरुवाती दिनदेखि नै सर्ट रेन्ज कनेक्टिभिटीका लागि हामी वाईफाई र ब्लुटुथ वायरलेस प्रविधिमा निर्भर छौं । वायलेस प्रविधिको क्षेत्रमा अल्ट्रा वाइड ब्याण्ड एउटा ठूलो विषय हो । यसले स्मार्ट होम डिभाइसको अत्याधिक छिटाे डेटा ट्रान्समिसन र हाई स्पिड पियर टु पियर डेटा ट्रान्समिसनको सुविधा दिन्छ । 

अल्ट्रा वाइड ब्याण्ड अर्थात् युडब्ल्युबीलाई सपोर्ट गर्ने एप्पलको आईफोन इलेभेन पहिलो आधुनिक स्मार्टफोन हो । यस्तै सामसङको ग्यालेक्सी नोट ट्वान्टी र नोट ट्वान्टी अल्ट्रा यो नयाँ प्रविधि प्रयोग गर्ने पहिलो एन्ड्रोइड स्मार्टफोन हो ।

यस्तै साओमी कम्पनीले आफ्नो फोनमा युडब्ल्युबी प्रविधिलाई आफ्नो स्मार्टफोनमा अनबोर्ड गर्ने घोषणा गरेको छ । नयाँ प्रविधिलाई कसरी उपयोग गर्ने भन्ने बारेमा पनि उसले आफ्नो योजनाको खाका तयार गरिसकेको छ ।  

धेरै स्मार्टफोनहरुले यो प्रविधिलाई प्रयोग गर्ने खबर आइरहँदा भावी एन्ड्रोइड स्मार्टफोनलाई युडब्ल्युबी प्रविधिसँग अझ धेरै कम्प्याटिबल बनाउन गुगलले आफ्नो एन्ड्रोइड ओपनसोर्स प्रोजेक्टमा नयाँ एपीआइ थप गर्ने बताएको छ । 

यो नयाँ आधिकारिक एन्ड्रोइड एपीआई आइसकेपछि डेभलपर्सहरुले युडब्ल्युबी हार्डवेयरसँग सबै एन्ड्रोइड स्मार्टफोनमा चल्न सक्ने एप तयार गर्ने छन् । यसका लागि डेभलपरहरुले विभिन्न मेनुफ्याक्चरको भिन्दा भिन्दै एपीआई सेट प्रयोग गर्नु पर्ने छैन । 

गुगलले एन्ड्रोइड ओपनसोर्स प्रोजेक्ट एओएसपीमा धेरैवटा कमिट्सहरु मर्ज गरेको छ । जसले अल्ट्रावाइड ब्याण्ड एपीआई थप जोडेको छ । उदाहरणका लागि युडब्ल्युबी मेनेजर क्लासले डिभाइसको क्षमता चेक गर्ने र लोकल र रिमोट डिभाइसबीच दूरी र कोण निर्धारण गर्ने जस्ता युडब्ल्युबी अपरेसन पफर्म गर्ने बाटो प्रदान गरेको छ । 

लो रेट वायरलेस नेटवर्कका लागि एपीआईले  IEEE’s 802.15.4z मापदण्ड पालना गरेको छ । तर यो एपीआई अझै पनि विकासकै चरणमा छ । एन्ड्रोइड ट्वेल्भ सार्वजनिक हुँदासम्म यो तयार हुन्छ भन्ने कुराको कुनै प्रत्याभूति छैन । 

अल्ट्रा वाइड ब्याण्ड प्रविधि के हो ?

युडब्ल्युबी प्रविधिको बारेमा जानकारी राख्ने व्यक्तिहरु यसलाई वाईफाई र ब्ल्युटुथ जस्तै प्रविधि भएको मान्छन् । यसले भावी दिनमा यी दुवै प्रविधिलाई विस्थापन गर्ने पनि बताइन्छ । हुन पनि युडब्ल्युबी प्रविधि यिनै प्रविधि जस्तै नै हो ।

यो पनि वायरलेस प्रविधिको वर्गभित्रै पर्दछ । यसको मुख्य काम भनेको रेडियो सिग्नलबाट डेटा आदानप्रदान गर्नु हो । यसले गिगार्जमा फ्रिक्वेन्सी आदानप्रदान गरेर निकै ठूलो स्पेक्ट्रम फ्रिक्वेन्सी प्रयोग गर्दछ ।

यसले गर्दा यसले त्यति धेरै दूरी कभर गर्न सक्दैन । उदाहरणका लागि यदि हामी फाइभ गिगाहर्जको वाईफाई प्रयोग गर्छौं भने त्यसले छोटो दूरीमा निकै राम्रो स्पिड दिन्छ । तर लामो दूरीमा राम्रो कनेक्टिभी प्रदान गर्न सक्दैन ।

यसैले युडब्ल्युबी प्रविधिले कम दूरीमा निकै राम्रो डेटा स्पिड प्रदान गर्दछ । यसमा पोजिसनल एक्युरिसी पनि एकदमै राम्रो हुन्छ । यसमा छोटो दूरीको कभरेज हुने भएको कारण यसमा एक्युरेसी पाउन सकिन्छ ।

यो प्रविधिले म्यापभित्र जीपीएसको त्रुटीलाई पनि सच्याउन सक्छ । वायरलेस प्रोटोकलभित्रको यो एकदमै राम्रो प्रविधि हो । वाईफाई र ब्लुटुथको तुलनामा यसमा पावर उपभोग पनि एकदमै राम्रो छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०