close

आईफोनमा यसरी ट्रान्सफर गर्नुहोस् एन्ड्रोइडको डेटा

टेकपाना टेकपाना

कात्तिक २९, २०७७ १८:५७

आईफोनमा यसरी ट्रान्सफर गर्नुहोस् एन्ड्रोइडको डेटा

काठमाडौं । के तपाईंले नयाँ आईफोन खरिद गर्नुभएको छ ? यदि तपाईं एन्ड्रोइड प्रयोगकर्ता हुनुहुन्छ र त्यसमा भएको डेटा आईफोनमा कसरी ट्रान्सफर गर्ने भन्ने बारेमा सोचिरहनु भएको छ भने आज हामी तपाईंलाई यसको बारेमा बताउँदै छौं ।

एन्ड्रोइडबाट आईफोनमा डेटा ट्रान्सफर त्यतिनै सजिलो छ, जति अर्को एन्ड्रोइडमा हुन्छ । तर यसको तरिका भने केही फरक हुन्छ । यहाँ हामी तपाईंलाई एन्ड्रोइड स्मार्टफोनबाट आईफोनमा डेटा ट्रान्सफर कसरी गर्ने भन्ने बारेमा बताउँदै छौं ।

के छ विकल्प ?

डेटा ट्रान्सफर गर्नका लागि सबैभन्दा पहिला आफ्नो एन्ड्रोइड डिभाइसमा मुभ टु आईओएस नामक एप डाउनलोड गर्नुहोस् । यो एकदमै सुरक्षित र साधारण छ ।

यो एप्पलकै आधिकारिक एप हो र कम्पनीले समेत यही एप प्रयोग गर्ने सल्लाह दिँदै आएको छ । यो एप गुगल प्ले स्टोरबाट सहजै डाउनलोड गर्न सक्नुहुन्छ ।

एपको साइज केवल १.१ एमबी छ । एप सुरु गर्नका लागि तपाईंले केही नियम र शर्तहरु भने स्वीकार गर्नुपर्ने हुन्छ ।

यसरी गर्नुहोस् डेटा ट्रान्सफर

नयाँ आईफोन लिइसकेपछि जब तपाईं त्यसमा सेटअप गर्नुहुन्छ तब तपाईंलाई एप्स एण्ड डेटाको विकल्प देखिनेछ । त्यसमा मुभ डेटा फ्रम एन्ड्रोइड विकल्प छान्नुहोस् ।

त्यसपछि एउटा कोड देखा पर्नेछ । यदि तपाईंले भुलवश सेटअप पुरा गरिसक्नु भएको छ भने फोनलाई इरेज गर्नुपर्ने हुनसक्छ ।

त्यसैले फोन प्रयोग गर्नुअघि नै डेटा ट्रान्सफर गर्नुहोस् । अब एन्ड्रोइडमा मुभ टु आईओएस एप खोल्नुहोस् र फाइन्ड योर कोड अप्सनमा कन्टिन्यूमा दबाउनुहोस् ।

अब तपाईंको आईफोनमा रहेको ६ अंकको कोड एन्ड्रोइड डिभाइसमा राख्नुपर्ने हुन्छ । एन्ड्रोइड फोनमा अब तपाईंको क्यामेरा, म्यासेज, कन्ट्याक्ट्स जस्ता विकल्पहरु देखा पर्नेछन् ।

त्यसमध्ये तपाईं जुन डेटा ट्रान्सफर गर्न चाहनुहुन्छ, त्यसलाई एक-एक गरी छनौट गर्नुहोस् र डेटा ट्रान्सफरको काम थाल्नुहोस् ।

जसै डेटा ट्रान्सफरको काम सम्पन्न हुनेछ, त्यसपछि डनमा ट्याप गर्नुहोस् । यसरी तपाईं म्युजिक, बुक्स, पीडीएफ लगायतका फाइल समेत ट्रान्सफर गर्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०