close

कोडिङको ज्ञानबिनै १५ वर्षे बालकले यसरी फिक्स गरे आईओएसको बग

टेकपाना टेकपाना

मंसिर १, २०७७ ७:४४

कोडिङको ज्ञानबिनै १५ वर्षे बालकले यसरी फिक्स गरे आईओएसको बग

काठमाडौं । १५ वर्षीय गियास उमारोभ न्युजर्सीको उच्च माध्यमिक तहका विद्यार्थी हुन् । अन्य बालक झैँ उनमा पनि कम्प्युटरप्रति खुब लगाव छ ।

तर उनले सामान्य बालबालिकाहरुले गर्न नसक्ने काम गरेका छन् । कोडिङबारे कुनै ज्ञान नभएका उमारोभले आईओएसको एउटा बग फिक्स गरेको भन्दै एप्पलले श्रेय दिएको छ ।

गियासको कलेजमा इन्जिनियरिङ तथा कम्प्युटर पढ्ने इच्छा छ । त्यसैले उनकी आमाले उनका लागि कोडिङ र प्रोग्रामिङ कक्षाका लागि खर्च गर्न चाहिन् । 

तर गियासले आमाको सुविधालाई अस्वीकार गरिदिए । उनी स्थानीय सार्वजनिक पुस्ताकालयमा निकै जाने गर्दथे ।

उनी आफूलाई चाहिनेजति पुस्तकालयको लिब्बी बाई ओभरभ्यूबाट पढेर सबै कुरा सिक्न सक्ने बताउँछन् । उनले लाइब्रेरीका किताबहरुमा निःशूल्क डिजिटल एक्सेस पनि पाएका थिए ।

जुन किन्डलमा पनि समावेश गरिएको थियो । उनले त्यहाँ बिगिनिङ प्रोग्रामिङ विथ सी प्लस प्लस फर डमिस नामको पुस्तक पाए र उनको यात्रा पनि त्यहीँबाट सुरु भयो । 

गत वर्ष मात्र १४ वर्षको उमेरमा उनले एप्पलको आईओएस सफ्टवेयरमा एउटा बग पत्ता लगाए । यद्यपी एप्पललाई त्यो पहिले नै जानकारी थियो ।

तर उनले त्यो समस्या बारे एप्पल कस्टमर सर्भिसको ध्यानाकर्षण गराएर । त्यो समस्या समाधानका लागि दुईवटा उपाय एप्पललाई दिए ।  एप्पलले आफ्नो समस्या समाधान गरिदिएको भन्दै उनको योगदानलाई कदर गरेको छ ।

उनले प्रदान गरेको समाधानको उपाय भर्खरैको एप्पल आईओएस अपडेटमा थप गरिएको छ । उनलाई न्यु जर्सीको गभर्नरले समेत बोलाएर उनको सफलताको लागि बधाई दिएका छन् । 

यसरी पुस्ताकलयबाट कोडिङ सिकेर विश्वकै चर्चित अपरेटिङ सिस्टमबाट मान्यता पाउनु भनेको सबैका लागि निकै प्रेरणादायी कुरा हो । 

एजेन्सीको सहयोगमा । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०