close

ले आउट डिजाइन परिवर्तनले समेत फरक पार्छ वेबसाइटको एसईओ

टेकपाना टेकपाना

मंसिर १, २०७७ १३:२७

ले आउट डिजाइन परिवर्तनले समेत फरक पार्छ वेबसाइटको एसईओ

काठमाडौं । के तपाईं आफ्नो वेबसाइट वा पेजको डिजाइन लेआउट परिवर्तन गर्ने बारे सोच्दै हुनुहुन्छ ? यसले तपाईंको वेबमा भिजिटर इंगेजमेन्टलाई घटाइदिन सक्छ । 

गुगलले लेआउट मात्र अपडेट गरेर सामग्री र यूआरएल उस्तै राख्दा पनि र्‍याङ्किङ घट्ने बताएको छ । यूआर एल संरचना र सामग्री उस्तै रहे पनि वेब डिजाइन लेआउटमा देखा पर्ने परिवर्तनले अन पेज र्‍याङ्किङलाई प्रभावित पार्ने गूगलका जोन म्युलरले बताएका छन् । 

वेब डिजाइन ले आउट परिवर्तन गर्दा यसले सर्च र्‍याकिङलाई असर पार्ने भन्दै वेबसाइटको लुक्सलाई परिवर्तन गर्नु अघि विचार पुर्‍याउनुपर्ने म्युलरको भनाई छ ।

म्युलर भन्छन्, ‘तपाईंले वेबसाइटको लुक्स परिवर्तन गर्दैगर्दा टाइटलहरुलाई पेजमा राम्रोसँग कसरी राख्ने, इन्टरनल लिङ्किङ राम्रोसँग कसरी मिलाउने र आर्टिकललाई अझ थप उपयुक्त परिवेशमा कसरी मिलाउने, यी सबै कुराले तपाईंको एसईओ अर्थात् सर्च इंजिन अप्टिमाइजेसनलाई अवश्य असर गर्दछ ।’ 

भिजिटरहरुको इच्छा अनुसार अधिकांश वेबसाइटहरुको लुक्स अपडेट गर्नु पर्दछ । वेब लेआउट ‘एसईओमैत्री’ स्तरको भएता पनि यसको सीएसएसमा पनि अपडेटको खाँचो हुन्छ ।

विभिन्न एचटीएमएल तत्वहरु कस्तो स्टाइलमा छन् र कसरी प्रयोग भइरहेका छन् यी सबै कुराले निर्धारण गर्दछ । उदाहरणका लागि सामान्यतः वेब टेम्प्लेटहरुले स्टाइलिङ साइड बार नेभिगेसनल तत्वको रुपमा हेडिङ तत्वलाई प्रयोग गर्दछ । 

जोन म्युलर भन्छन्,‘तपाईंसँग ब्लग पोस्ट जस्ता प्राइमरी कन्टेन्ट छन् र त्यसको यूआरएल तपाईंले परिवर्तन गर्नु भएको छैन भने त्यसमा अन्य कुराले असर पार्दैन भनेर नसोच्नुहोस्, यसले अवश्य एसईओलाई असर पार्दछ ।

यो राम्रो र नराम्रो दुवै कुरा हो । यसको अर्थ तपाईंले परिवर्तन नै गर्नु हुन्न भन्ने होइन । तर वेब लेआउट परिवर्तन गर्दैगर्दा सबै कुरा राम्रोसँग भइरहेको सुनिश्चित गर्नुहोस् ।’

लेआउट अपडेट गर्नु वा नयाँ डिजाइन गर्नु भनेको पुनः सबै कुरा जराबाट सुरु गर्नु जस्तै हो । यसकारण सबै स्टाइल शिट र अन्डरलायिङ कोडसँग परिचित हुनुहोस् ता कि तपाईंले हटाउन, थप्न र परिवर्तन गर्न र राखिरहन चाहेका सबै कुरालाई व्यवस्थित गरेर नयाँ डिजाइन गर्न सकियोस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०