close

पब्जीको नयाँ अपडेट : अब गेमको फाइल साइज ६१० एमबीसम्म घटाउन सकिने

टेकपाना टेकपाना

मंसिर २, २०७७ १५:१३

पब्जीको नयाँ अपडेट : अब गेमको फाइल साइज ६१० एमबीसम्म घटाउन सकिने

काठभाडौं । पब्जी मोबाइल गेम हाल विश्वभर धेरै खेलिने र धेरै डाउनलोड भएको गेममध्ये एक हो । यो ब्याटल रोयल गेमका ठूलो संख्यामा सक्रिय प्रयोगकर्ता छन् । साथै पब्जीले नियमित रुपमा अपडेट ल्याउने गरेको छ र प्रयोगकर्तालाई नयाँ र परिस्कृत फिचर पस्किरहेको छ ।

पब्जी गेमका लागि हालै १.१ अपडेट जारी गरिएको छ, जसले मेट्रो रोयल मोड जस्ता धेरै सुविधा र परिवर्तन ल्याएको छ । कम्पनीले गुगल प्ले स्टाेरमा गेमको साइज घटाउन लाइटवेट इन्स्टलेसन फङ्शन सुरु गरेको छ । आईओएस प्रयोगकर्ताले भने तत्काल यो फिचर प्रयोग गर्न पाउने छैनन् ।

लाइटवेट इन्स्टलेसन फङ्शनकाे आगमनले अब पब्जी मोबाइल गेमको फाइल साइज घटाएर खेल्न सकिन्छ । समाचारमा जनाइए अनुसार याे फङ्सनले पब्जी गेमकाे फाइल साइज २ जीबीबाट ६१० एमबीसम्म घटाउन सकिन्छ ।

डेभलपरहरूले पब्जी मोबाइलको सेटिङ अप्सनमा ‘डाउनलोड ट्याब’ थपेका छन्। गेमरहरूले आफ्नो आवश्यकता अनुसार रिसोर्स प्याक डाउनलोड गर्न र डिलिट गर्न सक्नेछन् ।

भर्खरै थपिएको सुविधाले प्लेयरहरूलाई उनीहरूको स्मार्टफोनमा पब्जी मोबाइलको स्टोरेज साइज व्यवस्थापन गर्न सजिलो बनाएको छ । पब्जी करपोरेशनले पनि स्पेसिफिक प्याक डाउनलोड गर्दा रिवार्ड प्रदान गर्दछ । प्लेयरहरुले गेमको सुरुमा प्याक डाउनलाेड गर्दा त्यहाँ दुई सेट छान्न पाउनेछन् ।

लो स्पेक रिसोर्स प्याक (३२९.९ एमबी)

याे अप्सनमा सबै ग्राफिक रिसोर्स भएको लो स्पेक भर्सन छ । याे भर्सन एप्लाई गर्दा रिसोर्सहरू चाँडै डाउनलोड हुनेछ र सजिलोसँग गेम चल्दछ ।

एचडी रिसोर्स प्याक (५८३.२ एमबी)

सबै ग्राफिक रिसोर्सहरू भएकाे एचडी संस्करण एप्लाइ गर्दा प्रयाेगकर्ताले उत्कृष्ट पर्फमेन्स र इफेक्टका साथमा उत्तम अनुभव लिन पाउनेछन् ।

प्लेयरहरुले अब आवश्यकता अनुसार पब्जी मोबाइलमा चाहिएको रिसोर्स प्याकहरू डाउनलोड गर्न सक्दछन् । साथै डेभलपरहरूले पब्जीका लागि स्मार्ट डिलिट फिचर पनि ल्याएका छन्, जसले प्रयोगकर्ताहरूलाई प्रयोग नगरिएका रिसाेर्सहरू डिलिट गर्न सिफारिस गर्दछ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०