close

ह्वाट्सएपमा सुरक्षित रहन थाहा पाइराख्नुहोस् यी सेटिङ

टेकपाना टेकपाना

मंसिर २, २०७७ १६:१३

ह्वाट्सएपमा सुरक्षित रहन थाहा पाइराख्नुहोस् यी सेटिङ

काठमाडौं । ह्वाट्सएप विश्वभर सबैभन्दा धेरै प्रयोग हुने इन्स्ट्यान्ट म्यासेजिङ एप हो । विशेष फिचर र राम्रो अनि सुरक्षित सेवाका कारण यो एप सबैको रोजाइमा पर्न सफल भएको छ ।

यसमा कुनै पनि प्रयोगकर्ताले तपाईंको नम्बरकै आधारमा तपाईंको प्रोफाइल फोटो र स्टाटस देख्न सक्छ । साथै तपाईंलाई कुनै पनि ग्रुपमा जोड्न पनि सक्छ ।

आज हामी तपाईंलाई ह्वाट्सएपका केही यस्ता आधारभूत टिप्स बताउँदै छौं, जसको सहयोगमा तपाईं आफ्नो गोपनीयता कायम राख्न सक्नुहुनेछ ।

ग्रुपमा जोड्ने अनुमति कसलाई दिने ?

ह्वाट्सएपको प्राइभेसी सेटिङले प्रयोगकर्तालाई उनीहरु कुन ग्रुपमा जोडिन चाहन वा नचाहने भन्ने कुरा रोज्ने सुविधा दिन्छ । एपमा यसका लागि तीन वटा अप्सन दिइएको छ, जसमध्ये कुनैले कुनै ग्रुपमा एड गर्नका लागि अनुमति दिन्छन् ।

यो सेटिङबाट तपाईं आफ्नो मोबाइलमा सेभ भएका नम्बर वा कुनै निश्चित नम्बरलाई मात्र ग्रुपमा जोड्ने अनुमति दिन सक्नुहुन्छ ।

स्टाटस कसलाई हेर्न दिने ?

ह्वाट्सएपमा प्रयोगकर्ताले आफ्नो स्टाटस कसलाई देखाउने वा नदेखाउने भन्ने कुरा तय गर्न सक्छन् । सेटिङ सेक्सनभित्र रहेको प्राइभेसीमा गएर तपाईं स्टाटस प्राइभेसी फिचर प्रयोग गर्न सक्नुहुन्छ ।

यसबाट तपाईं कुनै खास व्यक्तिलाई वा आफ्नो कन्ट्याक्ट लिस्टमा भएका व्यक्तिहरुलाई आफ्नो स्टाटस देखाउने भन्ने कुरा तय गर्न सक्नुहुन्छ ।

लास्ट सिन

लास्ट सिन प्राइभेसी सेटिङले प्रयोगकर्तालाई अर्को कुनै व्यक्तिलाई आफू पछिल्लो पटक अनलाइन आएको जानकारी देखाउने वा लुकाउने भन्ने कुरा रोज्ने सुविधा दिन्छ ।

तपाईंले सेटिङमार्फत आफ्नो लास्ट सिनलाई सम्पूर्ण रुपमा लुकाउन सक्नुहुन्छ । साथै आफ्नो कन्ट्याक्ट लिस्टमा भएका नम्बरहरुले मात्रै देख्न सक्नेगरी मिलाउन पनि सक्नुहुन्छ ।

प्रोफाइल फोटो

अन्य अप्सन जस्तै ह्वाट्सएप प्रयोगकर्तालाई आफ्नो प्रोफाइल लुकाउने वा माई कन्ट्याक्टमा सीमित राख्ने भन्ने विकल्प समेत प्रदान गर्दछ ।

अबाउट

अबाउट सेक्सनमा तीन वटा अप्सन दिइएको छ । तपाईंले यसलाई सबैले देख्ने गरी राख्न सक्नुहुन्छ वा यसलाई पूर्ण रुपमा लुकाउने अथवा केवल माई कन्ट्याक्टमा भएका व्यक्तिहरुले मात्रै देख्नेगरी मिलाउन सक्नुहुन्छ ।

फिंगर स्क्रिन अनलक

एन्ड्रोइडमा ह्वाट्सएप प्रयोग गर्दा फिंगरप्रिन्ट लक सेट गर्न सक्नुहुन्छ । जब कि नयाँ आईफोन प्रयोगकर्तालाई फोनको फिजिकल स्क्रिन बटनको मामिलामा फेस आईडी वा टच आईडीको उपयोग गर्ने विकल्प रहन्छ ।

ब्लक कन्ट्याक्ट

ह्वाट्सएपले प्रयोगकर्तालाई म्यासेज प्राप्त गर्ने वा तपाईंको प्रोफाइलको जानकारीसम्म पुग्नबाट रोक्नका लागि कुनै खास कन्ट्याक्टलाई ब्लक गर्ने अप्सन पनि दिन्छ । यो अप्सन सेटिङ अप्सनका साथै व्यक्तिगत च्याटमा समेत उपलब्ध छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०