close

यसरी पहिचान गर्नुहोस् स्पाम तथा फेक ईमेल

टेकपाना टेकपाना

मंसिर ३, २०७७ २०:२३

यसरी पहिचान गर्नुहोस् स्पाम तथा फेक ईमेल

काठमाडौं । पछिल्ला दिनहरुमा अनलाइन ठगी तथा साइबर आक्रमणका सयौं घटनाहरु बाहिर आइरहेका छन् । यी सबै मामिलाको जाँचबाट यो कुरा पत्ता लागेको छ कि धेरैजसो ह्याकर मानिसहरुलाई फेक ईमेल पठाएर आफ्नो शिकार बनाउने गर्दछन् ।

यस्तोमा फेक अर्थात फर्जी ईमेल पहिचान गर्न एकदमै जरुरी छ । आज हामी तपाईंलाई फेक ईमेल कसरी छुट्याउने भन्ने बारेमा केही टिप्स दिँदै छौं ।

शब्दमा दिनुहोस् ध्यान

फेक ईमेल पहिचान गर्न सबैभन्दा पहिला त्यसमा लेखिएका अक्षर, स्पेलिङ तथ ग्रामरलाईई चेक गर्नुहोस् । कतिपय समय फेक ईमेलमा ह्याकरहरुले गलत स्पेलिङ लेखेका हुन्छन् । तर वास्तविक ईमेलमा स्पेलिङ वा ग्रामरमा गल्ती हुँदैन ।

ह्याकरले लिन्छन् लोकप्रिय कम्पनीको सहारा

ह्याकरले दुनियाँका दिग्गज कम्पनीको नामको सहारामा मानिसहरुलाई ठग्ने प्रयास गर्दछन् । यस्तोमा यदि तपाईंसँग पनि कुनै कम्पनीको तर्फबाट ईमेल आएको छ भने त्यसमा दिइएको लिंकमा झुक्किएर पनि क्लिक नगर्नुहोस् ।

यसो गर्दा तपाईंको निजी जानकारी लिक हुन सक्छ वा तपाईंको महत्वपूर्ण विवरण चोरी हुन सक्दछन् । यहाँनिर ख्याल राख्नुपर्ने कुरा के छ भने यस्ता ठूला कम्पनीहरुले आम मानिसहरुलाई सोझै ईमेल पठाउँदैनन् ।

यूआरएल चेक गर्नुहोस्

ईमेलमा आएको लिङ्कको यूआरएललाई राम्रोसँग चिन्ने प्रयास गर्नुहोस् । वास्तविक वा सक्कली यूआरएल https बाट सुरु हुने गर्दछ ।

यदि http मात्र छ भने त्यो तपाईंलाई फसाउन बिछ्याइएको जाल मात्र हो भन्ने बुझ्नुहोस् । त्यसैले https बाट सुरु हुने यूआरएल तथा वेबसाइटको लिङ्क मात्र खोल्ने गर्नुहोस् ।

ईमेलमा आएका अट्याचमेन्टमा क्लिक गर्न नहतारिनुहोस्

धेरैजसो ह्याकरले आफ्नो शिकार बनाउनका लागि फेक ईमेल अट्याचमेन्ट पठाउने गर्दछन् । यस्तोमा अट्याचमेन्टमा झुक्किएर पनि क्लिक नगर्नुहोस् । सुरुमा ईमेल वास्तविक हो कि होइन भन्ने कुरा थाहा पाइसकेपछि मात्र अट्याचमेन्टमा क्लिक गर्ने बानी बसाल्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०