close

ग्लोकल टिन हिरोमा उत्कृष्ट २० छानिए

टेकपाना टेकपाना

मंसिर ८, २०७७ ९:७

ग्लोकल टिन हिरोमा उत्कृष्ट २० छानिए

काठमाडौं । वाईवाई ग्लोकल टिन हिरो नेपाल अन्तर्गत ग्लोकल २० अन्डर २० को सूची सार्वजनिक भएको छ । यसअघि माग भएको आवेदनबाट प्राप्त आवेदनमध्ये उत्कृष्ट २० छनोट गरिएको हो । जसलाई ‘ग्लोकल २० अन्डर २०’ नाम प्रदान गरिएको छ ।

किशोर किशोरीमा भएको क्षमता र उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई प्रस्फुटन गरी त्यसलाई कदर र अरु माझ चिनाउने उद्देश्यका साथ ‘वाईवाई ग्लोकल टिन हिरो नेपाल’ आयोजना हुँदै आएको छ । यो कार्यक्रमको यो छैठौं संस्करण हो ।

२० वर्षभन्दा कम उमेरका २० नेपाली प्रतिभाशाली किशोर किशोरीहरु समेटेर यस वर्षको ग्लोकल २० अन्डर २० को सूची सार्वजनिक गरिएको छ । कोभिड १९ का कारण यस वर्ष डिसेम्बर १२, २०२० मा अनलाइन अवार्ड कार्यक्रम र सम्मेलन मार्फत पुरस्कृत गरिने उल्लेख गरिएको छ । यो कार्यक्रम ग्लोकल प्रालि र वाईवाईको संयुक्त आयोजनामा भइरहेको छ ।

ग्लोकल प्रालिका कार्यकारी निर्देशक आशिष ठाकुर भन्छन, ‘नेपालभरबाट विभिन्न क्षेत्रमा सक्रिय रुपमा काम गर्दै आएका यी प्रतिभाशाली किशोरकिशोरीको छनोट गर्न सजिलो कार्य पक्कै पनि थिएन । यद्यपि समाज तथा राष्ट्रलाई टेवा पुर्‍याइरहेका यिनै प्रतिभाशाली किशोर किशोरिहरुलाई पहिचान गराउन पाउँदा हामी गर्व गर्दछौ ।’

उनका अनुसार यो वर्ष देशभरबाट कुल ६ सय ४ आवेदन आएका थिए । त्यसबाट उत्कृष्ट २० छनोट गरिएको हो । उक्त कार्यक्रमको रणनीतिक साझेदारको रूपमा भारतीय दूतावास र युरोपेली संघ, पहल साझेदारको रूपमा सोल्टी क्राउन प्लाजा, भ्यालुएबल पार्ट्नरका रुपमा कोकाकोला, होन्डा, टोयोटा, पञ्चकन्या, डोल्मा, डिशहोम फाइबरनेट लगायत रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०