close

हरेक दिन उपहार दिँदै फोनपे, भाग्यशालीले पाउनेछन् यमाहा एफजेडआई स्कुटर

टेकपाना टेकपाना

मंसिर ८, २०७७ १५:५२

हरेक दिन उपहार दिँदै फोनपे, भाग्यशालीले पाउनेछन् यमाहा एफजेडआई स्कुटर

काठमाडौं । फोन पे पेमेन्ट सर्भिस लिमिटेडले आफ्ना प्रयोगकर्ता तथा मर्चेन्टहरुलाई लक्षित गर्दै ‘क्यूआरमा उपहार’ योजना सार्वजनिक गरेको छ । फोनपेका प्रयोगकर्ता र मर्चेन्टहरुलाई क्यूआर मार्फत भुक्तानी गर्न प्रेरित गर्ने उद्देश्यले यो उपहार योजना सञ्चालनमा ल्याइएको हो ।

याे याेजना अन्तर्गत प्रयोगकर्ताले दैनिक, साप्ताहिक र मासिक रूपमा उपहार जित्न सक्नेछन् । कम्पनीका अनुसार दैनिक ५ प्रयोगकर्ता र मर्चेन्टले रू. एक हजार, हरेक हप्ता २ जना प्रयोगकर्ता र मर्चेन्टले रू. १० हजार, हरेक महिना एक जना प्रयोगकर्ता र मर्चेन्टले एक लाख रूपैयाँ जित्न सक्नेछन् ।

यस्तै बम्पर उपहारमा एक जना भाग्यशाली प्रयोगकर्ता र एकजना मर्चेन्टले एक/एक वटा यमाहाको रेजेडआर आइ १२५ एफ वान स्कुटर जित्न सकिनेछ । बम्पर उपहार योजनाको अन्तिममा सार्वजनिक गरिनेछ । यो योजना ८ मंसिर देखि ११ माघसम्म सञ्चालन हुनेछ ।

फोनपेसँग आबद्ध बैंक तथा ईसेवाको मोबाइल बैंकिङबाट प्रयोग गर्ने प्रयोगकर्ताहरु यस उपहार योजनामा सहभागी हुने छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०