close

क्वालकमको टेक समिटमा साओमीको एमआई ११ घोषणा हुने सम्भावना

टेकपाना टेकपाना

मंसिर १०, २०७७ १३:३६

क्वालकमको टेक समिटमा साओमीको एमआई ११ घोषणा हुने सम्भावना

काठमाडौं । साओमीले क्वालकम स्न्यापड्रागन टेक समिट २०२० मा आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन एम ११ घोषणा गर्न सक्ने सम्भावना रहेकाे रिपाेर्ट अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेका छन् । समाचारमा डिसेम्बर १ र २ मा हुने टेक समिटमा साओमीले आफ्नो नयाँ उत्पादनको घोषणा गर्नसक्ने केही आधार प्रस्तुत गरिएकाे छ ।

यद्यपि साओमीले भने एमआई ११ को घोषणाबारे कुनै योजना सार्वजनिक गरेको छैन । यता क्वालकमले साओमीका सहसंस्थापक एवं सीईओ लेई जुन टेक समिटमा उपस्थित हुने पुष्टि गरिसकेकाे छ ।

क्वालकमले यही समिट मार्फत स्न्यापड्रागन ८७५ चिपसेट सार्वजनिक गर्दैछ । यही चिपसेट प्रयाेग भएकाे एमआई ११ र एमआई ११ प्राेकाे रिलिज डेट र स्पेसिफिकेशनकाे आधिकारिक घोषणा हुने अनुमान गरिएको छ ।

गत वर्ष क्वालकमको टेक समिटमै साओमीले आफ्नो एम १० घोषणा गरेको थियो ।

यी दुवै फोन ४८ मेगापिक्सेल अल्ट्रा वाइड एंगल क्यामेरा सहित आउने बताइएको छ । एमआई ११ को प्रो संस्करणमा पन्च होल र १२० हर्ज रिफ्रेस रेट सहित क्यूएचडी कर्भ्ड डिस्प्ले (१४४०पी) रहनेछ ।

साथमा कम्पनीले फाेनमा अन्य नयाँ डिस्प्ले फिचर पनि ल्याउने अनुमान गरिएकाे छ । यसकारण साओमीकाे एमआई ११ मा यसअघिकाे एमआई १० काे तुलनामा धेरै अपग्रेड सहितकाे डिस्प्ले पाउन सकिनेछ ।

लिक भएको फाेटाे अनुसार यसमा सेल्फी शुटर फोनको माथिल्लो बायाँ कुनामा रहेकाे छ । साओमीकाे एमआई ११ प्राेमा १२० वाटकाे फास्ट चार्जिङ हुने अनुमान गरिएकाे छ । साथै यसमा ८० वाटकाे वायरलेस चार्जर समेत हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०