close

कसरी रहन गयो साओमीको नाम ? यस्तो छ कारण

टेकपाना टेकपाना

मंसिर १२, २०७७ १४:३

कसरी रहन गयो साओमीको नाम ? यस्तो छ कारण

काठमाडौं । धेरै चिनियाँ ब्राण्डको नाम यस्तो हुन्छ, जुन सामान्यतया हामी उच्चारण गर्न पनि सक्दैनौं । यदि उच्चारणमा कुनै समस्या भएन भने पनि उक्त नामको स्पेलिङ भन्नुपर्‍यो भने त्यो सबैलाई नआउन सक्छ ।

जुन समस्या हामी नेपालीका लागि मात्रै नभएर विश्व परिवेशमै छ । बजारमा चलेका स्मार्टफोन ब्राण्ड ह्वावे र साओमीको शुद्ध उच्चारण र स्पेलिङकै विषयमा धेरै चर्चा हुने गरेको छ ।

यसैबीच पश्चिमी उद्यमीहरुले साओमीको नामलाई लिएर जोक समेत गरिरहेका हुन्छन् । यसैबीच साओमीका सीईओ लेई जुनले साओमीको नामाकरणको पछाडिको कारण खुलाएका छन् ।

उनका अनुसार कम्पनी खोल्नुभन्दा पहिले कम्पनीको नाम के राख्ने भन्ने विषयमा छलफल भएको थियो । त्यसबेला कम्पनीको नामका लागि ‘रेड पिप्पर’ र ‘ब्ल्याक राइस’ पनि आएका थिए । तर, विभिन्न कारणले ती नाम पास भएनन् ।

‘छलफलकै क्रममा मैले मलाई मन पर्ने वाक्य सम्झिएँ । त्यो थियो, खानाको विषयसँग जोडिएको बुद्धको भनाइ । बुद्धले खानालाई मेरु प्रर्वतको संज्ञा दिएका थिए ।’, उनले भनेका छन्, ‘अर्का लगानीकर्ता लियु किनबाट कम्पनीको नाम ‘राईस’ अर्थात चिनियाँ भाषामा ‘मी’ राखौं भन्ने सुझाव आयो ।’

उनले अगाडि गपे, ‘अहिलेको समयमा इन्टरनेट सबैभन्दा महत्वपूर्ण छ । त्यसैले धेरै लामो नभएर छोटो नाम राखौं भन्दै मैले ‘साओमी’ सुझाव गरेँ । उक्त नाम सुन्ने बित्तिकै सबैबाट पारित भयो । अनि यसलाई प्रयोग गर्न थालियो ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०