close

नौ महिनामा झण्डै १० अर्बले खस्कियो एनसेलको नाफा

टेकपाना टेकपाना

मंसिर १३, २०७७ ७:४५

नौ महिनामा झण्डै १० अर्बले खस्कियो एनसेलको नाफा

काठमाडौं । नौ महिनाको अवधिमा निजी दूरसञ्चार कम्पनी एनसेल आजियाटा लिमिटेडको नाफा करिब १० अर्ब रुपैयाँले खस्किएको छ । एनसेलको प्यारेन्ट कम्पनी आजियाटाले सार्वजनिक गरेको सन् २०२० को तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार गत वर्षको तुलनामा यस्तो अवस्था देखिएको हो ।

प्रतिवेदन अनुसार गत वर्षको सुरुकाे नाै महिनासम्मको कुल आम्दानी ४१ अर्ब ४३ करोड ४० लाख रुपैयाँ रहेको थियो । जब कि यस वर्षको सोही अवधिमा कम्पनीको कमाइ ९ अर्ब ८२ करोड २० लाख रुपैयाँले घटेर ३१ अर्ब १६ करोड १४ लाख रुपैयाँ मात्र छ ।

तीनवटै त्रैमासिक अवधिमा कम्पनीको नाफा लगातार रुपमा घटेको देखिएको छ । तथ्याङ्क अनुसार कम्पनीले तीन वटा त्रैमासिकमा क्रमशः एक अर्ब ४८ करोड ८० लाख रुपैयाँ, चार अर्ब ७८ करोड ६० लाख रुपैयाँ र तीन अर्ब ५४ करोड ५० लाख रुपैयाँ आम्दानी गुमाएको छ ।

डेटाबाट कति छ कम्पनीको आम्दानी ?

एनसेलले पछिल्लो तीन महिनामा डेटा अर्थात मोबाइल इन्टरनेटको बिक्रीबाट २४ प्रतिशत अर्थात एक अर्ब ४० करोड ५० लाख कमाएकाे छ । ओटीटी सेवाका कारण भ्वाइस सेवातर्फको आम्दानी घट्दै गएको छ भने डेटातर्फको आम्दनी बढ्दो क्रममा रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०