close

७० प्रतिशत सरकारी कारोबार अनलाइनमा, दुई वर्षभित्र शतप्रतिशत पुर्‍याउने लक्ष्य

टेकपाना टेकपाना

मंसिर १३, २०७७ १०:२८

७० प्रतिशत सरकारी कारोबार अनलाइनमा, दुई वर्षभित्र शतप्रतिशत पुर्‍याउने लक्ष्य

काठमाडौं । सरकारको कूल कारोबारमध्ये ७० प्रतिशत कारोबार अनलाइनबाट हुने गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिएका छन् ।

शनिबार जारी फोनपे डिजिटल इकोनोमी कन्क्लेभमा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो तथ्याङ्क सार्वजनिक गरेका हुन् । उनले दुई वर्षभित्र शतप्रतिशत सरकारी भुक्तानी अनलाइनमा लैजाने लक्ष्य रहेको समेत उल्लेख गरे ।

‘यसका लागि हामी मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र मोबाइल वालेट लगायत निजी क्षेत्रसँग सहकार्य प्रवर्द्धनात्मक रुपमा अगाडि बढ्न खोजिरहेका छौं,’ उनले भने, ‘आउँदा दिनमा सरकारले डिजिटल नेपाल तर्फको आफ्नो प्रयासलाई थप प्रभावकारी रुपमा अगाडि बढाउनेछ ।’

नेसनल पेमेन्ट गेट वे कार्यान्वयमा लैजान आवश्यक कार्यहरु अगाडि बढाइने भन्दै मन्त्री पौडेलले डिजिटल अर्थतन्त्रलाई नोटरहित स्तरमा लैजाने बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०