close

नेपालको भैरव टेक्नोलोजी उत्कृष्ट साइबर सुरक्षा कम्पनीको सूचीमा

टेकपाना टेकपाना

मंसिर १३, २०७७ १२:४४

नेपालको भैरव टेक्नोलोजी उत्कृष्ट साइबर सुरक्षा कम्पनीको सूचीमा

काठमाडौं । नेपालको साइबर सेक्युरिटी कम्पनी भैरव टेक्नोलोजी एमएसएसपी अलर्ट २०२० को शीर्ष २५० एमएसएसपीको सूचीमा पर्न सफल भएको छ ।  

एमएसएसपी अलर्टले उक्त सूचीमा विश्वभरका एमएसएसपी अर्थात् म्यानेज्ड सेक्युरिटी सर्भिस प्रोभाइडर, एमडीआर अर्थात् म्यानेज्ड डिटेक्सन एण्ड रेस्पोन्स तथा सोकास अर्थात् सेक्युरिटी अपरेसन्स सेन्टर एज अ सर्भिस प्रोभाइडरहरु पहिचान गरी सम्मान दिने गर्दछ । 

साइबर सुरक्षा सेवा प्रदायक कम्पनीहरुको उक्त र्‍याङ्किङ एमएसएसपी अलर्टको २०२० को रिडरसिप सर्वेक्षण र एमएसएसपीहरुको डिजिटल मिडिया साइटको ग्लोबल एडिटोरियल कभरेजको आधारमा गरिन्छ । 

२०२० को वर्ष कोरोना महामारीको बावजुद पनि कम्पनीहरुले उपभोक्ताको जोखिमलाई न्यूनीकरण गर्दै विश्वभरको डिजिटल सम्पत्तिको सुरक्षा गरी आफ्नो व्यवसायलाई बढाउन सफल भएको र्‍याङ्किङ आयोजना गर्दै आइरहेको कम्पनी नाइन्स कर्पोरेसन तथा एमएसएसपी अलर्टकी सीईओ एमी काट्जले बताइन् । 

एमएसएसपी अलर्टको सर्वेक्षण अनुसार एमएसएसपीको यो वर्षको सूचीबाट सम्मानित कम्पनीहरुले २०२० मा १ करोड ९१ लाख ५० हजार डलर आम्दानी गरी २०१९ को तुलनामा १६ प्रतिशत आय बढाएको अपेक्षा गरिएको छ । 

यस्तै यस वर्ष विभिन्न २५ मुलुकका कम्पनीहरु उक्त सूचीमा पर्न सफल भएका हुन् । २०२० को आर्थिक वर्षमा ८४ प्रतिशत एमएसएसपी कम्पनीहरु फाइदामा गएका छन् । 

यस्तै साइबर अट्याक ट्रेण्डको कुरा गर्दा २०२० को वर्षमा एमएसएसपी उपभोक्ता मध्ये अधिकांश फिसिङ ९५ प्रतिशत,  भल्नरेबिलिटीबाट ७६ प्रतिशत र रेन्समवेयर अट्याकबाट ६९ प्रतिशत आक्रमण भएको देखाइएको छ । साथै सर्वेक्षणमा यस क्षेत्रमा मर्जर, एक्युजिसन तथा प्राइभेट इक्युटी लगानी पनि निरन्तर बढ्दै गइरहेको पाइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०