close

क्रोममा यसरी इनेबल गर्नुहोस् नयाँ पीडीएफ रिडर

टेकपाना टेकपाना

मंसिर १३, २०७७ १४:२०

क्रोममा यसरी इनेबल गर्नुहोस् नयाँ पीडीएफ रिडर

काठमाडौं । गुगल क्रोममा पीडीएफ फाइल हेर्न सकिने सुविधा आएको धेरै लामो समय भइसकेको छ । तर गुगल क्रोमकाे याे सुविधाका तुलनामा अन्य वेब ब्राउजरले राम्राे फिचर ल्याउँदा यसकाे रेटिङ तुलनात्मक रूपमा थाेरै थियाे ।

हालै गुगलले क्रोम ८७ मार्फत पीडीएफ भ्युअर ल्याएको छ । यसमा नयाँ इन्टरफेस र नयाँ फिचर्सहरु छन् । 

क्रोम ८७ मा तपाईं अपग्रेड हुँदै गर्दा पनि परिवर्तन भने केही देख्नुहुने छैन । वास्तवमा गुगलले त्यो पीडीएफ भ्युअरलाई अप्सनल फ्ल्यागभित्र लुकाएको छ । 

जब तपाईंले यो फ्ल्यागलाई इनेबल गर्नुहुन्छ, तब क्रोमको पीडीएफ भ्युअरमा नयाँ लुक्स देख्नुहुन्छ । यसमा अन्य धेरै नयाँ अप्सनहरु पनि छन् ।

यो अपडेटसँगै क्रोमले अब टु पेज भ्युलाई सपोर्ट गर्नेछ, ताकि तपाईंले उपलब्ध स्क्रिन स्पेसको राम्रोसँग सदुपयोग गर्न सक्नुहाेस् । यो अप्सन तपाईंले माथिल्लो दायाँपट्टि रहेको थ्री डट मेनुमा देख्न सक्नुहुन्छ । 

यो इन्टरफेसमा एउटा टुल बार देख्न सकिन्छ । यसले तपाईंलाई ‘फिट टु स्क्रिन’ र ‘जुम’ को दुईवटा भ्यु अप्सन पाउन सक्नुहुन्छ । यसमा सजिलो डक्युमेन्ट नेभिगेसनका लागि टेबल कन्टेन्ट सपोर्ट पनि छ । साथै त्यही भएको साइड प्यानलले डक्युमेन्टको सबै पेजको प्रिभ्यु पनि देखाउँछ । 

यस्तो छ तरिका 

क्रोममा यो फिचर एक्टिभेट गर्न आफूसँग क्रोम ब्राउजरको पछिल्लाे भर्सन भएको सुनिश्चित गर्नुहोस् । प्रोग्राम विण्डोजको दायाँ माथिल्लो भागमा रहेको थ्री डट बटनमा क्लिक गर्नुहोस् ।

अब हेल्प हुँदै अबाउट गुगल क्रोम क्लिक गर्नुहोस् । यदि तपाईंले अपडेट इन्स्टल गर्नुपर्‍यो भने त्यो आफै डाउनलोड हुन्छ । इन्स्टलेसनलाई पुरा गर्न क्रोमलाई रिस्टार्ट गर्नुहोस् ।

यति गरिसकेपछि तपाईंको डिभाइसमा क्रोम ८७ इन्स्टल हुन्छ । अब पीडीएफ रिडरको फिचरमा एक्सेस पाउन निम्न प्रक्रिया अपनाउनुहोस् । 

१.  chrome://flags मा भिजिट गर्नुहोस् । 

२. पीडीएफ भ्युअर अपडेट सर्च गर्नुहोस् र इनेबल सेलेक्ट गर्न ड्रप डाउन मेनु प्रयोग गर्नुहोस् । 

३. रिलन्च बटन क्लिक गरी क्रोम रिस्टार्ट गर्नुहोस् । 

अब तपाईंले नयाँ पीडीएफ फाइल लोड अप गरी नयाँ फिचर तथा इन्टरफेसको मज्जा लिन सक्नुहुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०