close

सस्तोमा हवाइ टिकट र होटल बुकिङको सुविधा दिँदै एक्सलट्रिप

टेकपाना टेकपाना

मंसिर १४, २०७७ ९:२९

सस्तोमा हवाइ टिकट र होटल बुकिङको सुविधा दिँदै एक्सलट्रिप

काठमाडौं । नेपालकै पहिलो ओटीए प्लाटफर्म एक्सलट्रिपले चार दिने ब्ल्याक फ्राइडे सेल सुरु गरेको छ। मङ्सिर १२ गते सुरु भएको सेल मङ्सिर १५ सम्म चल्नेछ। 

एक्सलट्रिप मार्फत विश्वभर होटल, फ्लाइट टिकेटसँगै होलिडे प्याकेज बुकिङ गर्न सकिन्छ। ब्ल्याक फ्राइडे अन्तर्गत भौचर कोड (XCELTRIPBF500) प्रयोग गरि बुकिङ गर्दा सिधै ५ सय रुपैयाँ छुट प्राप्त गर्न सकिने एक्सलट्रिपका सीईओ ज्ञानेन्द्र खड्काले बताए ।

चार दिने ब्ल्याक फ्राइडे सेल अवधिमा पोखरा, चितवन, धुलिखेल, नगरकोट र काठमाडौका होटल बुकिङ गर्दा ७५ प्रतिशतसम्म छुटमा बुकिङ गर्न सकिने बताइएको छ ।

यो सेल अवधिमा कुनै पनि होटल तथा हवाई टिकट खरिद गर्ने ग्राहकमध्येबाट एक जनालाई पोखरामा दुइतर्फी हवाई टिकट सहित २ रात ३ दिनको ट्राभल प्याकेज पुरस्कार प्रदान गरिने खड्काले बताए ।

एक्सलट्रिपको मोबाइल एप र अफिसियल वेबसाइटबाट नेपालको पाँचवटै डोमेस्टिक एयरलाइन्स र ८ सयभन्दा बढी होटल र संसारभर २३ लाखभन्दा बढी होटल र चार सय ५० वटा एयरलाइन्सबाट २ सय भन्दा बढि डेस्टिनेसनमा बुक गर्न सकिने छ । 

एक्सलट्रिपमा डिजिटल पेमेन्ट (प्रभु पे, ई-सेवा, फोन पे) लगायत बैंकहरुको मोबाइल बैकिङ एप र सम्पूर्ण बैंक कार्ड प्रयोग गरी नेपालभित्र वा अन्य देशको पनि होटल र एयरलाइन्स बुक गर्न सकिनेछ । 

त्यस्तै नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा एक्सलट्रिपले ‘नेपालको पर्यटन प्रवर्द्धन हाम्रो दायित्व मूल नाराका साथ प्रोमोटिङ नेपाल’ र ‘प्रोमोटिङ डोमेस्टिक टुरिज्म नेपाल’ अभियान नै सञ्चालन गर्दै आइरहेको छ।

एक्सलट्रिपले नेपालको पर्यटन प्रवर्द्धनलाई अन्तर्राष्ट्रियकरण गर्दै विश्वभर नेपालको पर्यटन प्रवर्द्धन गर्ने पनि लक्ष्य लिएको छ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०