close

यस्ता छन् वर्षकै ठूला प्राविधिक असफलता

टेकपाना टेकपाना

मंसिर १४, २०७७ १०:१९

यस्ता छन् वर्षकै ठूला प्राविधिक  असफलता

काठमाडौं । कोरोना महामारीले विश्वभर प्रायः सबैजसो कुरामा परिवर्तन ल्याएको छ । जसमध्ये प्रविधि क्षेत्रमा परेको यसको प्रभाव उल्लेखनीय छ । लकडाउन अघि प्रविधिलाई एउटा वैकल्पिक अस्त्रको रुपमा हेरिन्थ्यो । 

तर अब भने यसलाई जीवनयापनलाई सरलीकृत गर्ने एउटा प्राथमिक अस्त्र वा विधिको रुपमा हेर्न थालिएको छ । महामारीले प्रविधिको अस्तित्वलाई यसअघि यसरी कहिल्यै स्थापित गरेको थिएन ।

वृद्धि तथा कमाईको आधारमा पनि यो वर्ष प्रविधि कम्पनीहरुका लागि फलिफापमय रह्यो । तर केही कम्पनीहरुले भने यसैवर्ष दुर्भाग्य पनि बेहोर्न पुगे ।

केही प्रविधि कम्पनीले व्यापक असफलता बेहोरेसँगै प्राविधिक क्षेत्रलाई हानी पुर्‍याउने किसिमका गतिविधि पनि भए । कति घटनाले त कम्पनी कम्पनीबीच आन्तरिक प्रतिस्पर्धा, द्वेष र द्वन्द्ध समेत निम्त्याए । जे होस् यो वर्षको प्रविधि नजरिया हेर्न लायक बन्न पुग्यो ।

भ्रामक समाचारको बिगबिगी

यस वर्ष फेसबुक, ट्वीटर तथा युट्युव जस्ता साइटहरुमा औषत वर्षहरुको तुलनामा अत्याधिक भ्रामक जानकारी तथा समाचारहरु फैलाइए । तर आफ्नो नेटवर्कमा पप अप हुने भ्रामक जानकारीलाई रोक्न यी कम्पनीहरुले सक्रिय भूमिका पनि खेले । 

कतिले कोरोना भाइरस पछाडि बिल गेट्सको हात रहेको र उनले मानिसहरुमा माइक्रोचिप्स इम्प्लान्ट गर्न महामारीको प्रयोग गरेको समेत अफवाह फैलाएको पाइयो । जब कि गेट्सले रोगहरुसँग लड्ने अभियानमा वर्षौंदेखि सहयोग गर्दै आइरहेका छन् ।

कोभिड १९ परीक्षणलाई तीब्र विकास गर्न पनि उनको सहयोग रहँदै आएको छ । ‘जर्ज फ्लोयडका लागि न्याय’ नामको एउटा गोप्य फेसबुक समूह नै नस्लीय वार्ताको थलोको रुपमा रहेको पाइयो ।

फाइभजीलाई कोरोनाभाइरससँग जोड्ने जस्ता षडयन्त्रका सिद्धान्त प्रसार भए । तर ट्वीटर, युट्युव जस्ता साइटहरुले अमेरिकी चुनावमा देख्नसकिने भ्रामक जानकारीको खेती रोक्न आक्रमकरुपमा लागे ।

राष्ट्रपति डोनल्ड ट्रम्प जस्ता व्यक्तिहरुको पोस्टमा समेत खुलेर भ्रामक जानकारीको लेबल लगाइदिए । जुन निकै नै सह्राहनीय कार्यको रुपमा लिन सकिन्छ । 

क्यूबी 

क्यूबी तपाईंले सुन्नु भएकै होला । एक अर्ब ७५ करोड डलरको फण्डिङ र हलिउडका पावर प्लेयर जाफ्रे काट्जेनबर्ग र हिउलेट प्याकर्डका पूर्व सीईओ मेग विटमेन जस्ता प्रभूत्वशाली व्यक्तिहरुको नाम जोडिएको उदीयमान प्रविधि कम्पनी हो, क्यूबी ।

मोबाइल फोनमा प्ले हुने शर्ट भिडियो निकाल्ने सब्सक्रिप्सनमा आधारित यस कम्पनीले आफ्नो स्थापनाको सात महिनामै अत्याधिक धेरै प्रतिस्पर्धीहरुको सामना गर्नु पर्‍यो । गत वर्ष मात्र ५० भन्दा धेरै लाइभ स्ट्रिमिङ सर्भिस लन्च भए ।

युट्युवको साम्राज्य त छदैँ थियो । परिणामस्वरुप सात महिनामै क्यूबी तुहियो । विटम्यान र काट्जेनबर्गले सबै फण्ड फिर्ता गरिदिए । 

टिकटक 

पछिल्ला केही वर्षयता युवाहरुमाझ लोकप्रिय बनेको टिकटकले लकडाउनको समयमा निकै ठूलो सफलता र वृद्धि हात पार्‍यो । तर उसको सफलता र वृद्धि अमेरिकी ट्रम्प प्रशासनको आखाँको अगाडी तारो बन्न पुग्यो ।

चिनियाँ स्वामित्वको कम्पनी अमेरिकीहरुको लागि सुरक्षा खतरा बन्ने अडान ट्रम्पको थियो । ट्रम्पले टिकटकको अमेरिकी स्वामित्व बिक्री गर्न अन्यथा कम्पनी नै बन्द गर्न बाध्य हुने गरी कार्यकारी आदेश नै जारी गरिदिए ।

यसले स्वामित्वकर्ता कम्पनी बाइटड्यान्सलाई नयाँ स्वामित्वकर्ताको खोजी गर्ने अन्तिम विकल्प दियो । ओराकल र वालमार्ट टिकटकमा स्वामित्व खरिद गर्न अगाडि आए ।

तर यसबीच अमेरिकी राष्ट्रपति चुनाव र ट्रम्पको हारसँगै टिकटकको मुद्दा सबैले बिर्सिएका छन् । तर अमेरिकाको वैदेशिक लगानी समितिले टिकटकलाई निर्णय गर्न डिसेम्बर ४ सम्मको समय सीमा प्रदान गरेको छ । यसबीच टिकटकको अवस्था अन्योलमै गुज्रिरहेको छ । 

नेक्स्ट जेनेरेसन कन्सोल

सन् २०२० को वर्ष अनलाइन गेमिङका लागि महान् वर्ष रह्यो । प्लेस्टेसन फाइभ, एक्सबक्स सिरिज एक्स र सिरिज एसको आगमनसँगै यो वर्ष अझ ठुलो उत्सवमय बनेको छ ।

तर गेमिङको विश्वले पनि असफलताको सामना नै गरेन भनेर बुझ्नु चाहिँ हुँदैन । नेक्स्ट जेनेरेसन कन्सोल गेम यस समयका हट आइटम हुन् ।

तर अहिले पीएसफाइभको सप्लाई सीमित गरिएको छ । सोनीको चेतावनीका बावजूद पीएसफाईभको प्रिअर्डर जारी गरिएको थियो । 

नेक्स्ट जेनेरेसन कन्सोल गेमको पछिल्लो भर्सनको मूल्य ७० डलर रहेको छ । जुन अघिल्लो जेनेरेसनको गेमको तुलनामा १० डलर धेरै हो । 

माइक्रोसफ्टले लन्च गर्न लागेको सिरिज एक्स, हेलो इन्फाइनाइट गेम पनि आफ्नो प्रारम्भिक लन्चमा अनपोलिस र अपूर्ण भएका कारण ढिला भयो । मार्क्यू एएए टाइटलको साइबरपङ्क २०७७ को लन्चमा पनि ढिलाई भएको छ । 

ट्वीटरको त्रासदीपूर्ण ह्याकिङ 

यस वर्ष ट्वीटरमा अहिलेसम्मकै हाई प्रोफाइल ह्याकिङको घटना हुन गयो । जसमा इलोन मस्क, बिल गेट्स, कान्या वेस्ट, बाराक ओबामा, अन्य प्रविधि कम्पनीका सीईओ, राजनीतिज्ञ तथा सेलिब्रेटी परेका छन् । 

ह्याकरहरुले बिटक्वाइन स्क्यामलाई बल पुर्‍याउन ती अकाउन्टहरुमा पेनिट्रेसन गरेका थिए । तर हालत खराब हुनु अघि नै ट्वीटरले ती सबै भेरिफाइड अकाउन्टलाई लकडाउन गरेको थियो । उक्त घटनापछि प्रयोगकर्ताको अकाउन्टलाई अझ बढी सुरक्षित राख्न ट्वीटर कम्पनीले आफ्नो योजना नै जारी गर्‍यो । 

विद्युतीय कार निर्माणकर्तामाथि दुर्व्यवहार 

हाइड्रोजन इलेक्ट्रिक ट्रक स्टार्टअप निकोला कम्पनीले सन् २०२० को वर्षलाई बिर्सन चाहे पनि यो वर्ष उसका लागि निकै स्मरणीय रह्यो । कम्पनीले एउटा सेमी डाउनहिल ट्रक बनाउने योजना बनाएको थियो ।

जसलाई उसले आफ्नै इंजिनमा हाई स्पिडमा कुद्न सक्ने बनाउने सोच राखेको थियो । तर यो सफल हुन भने सकेन । निकोलाको शर्ट सेलर कम्पनी हिन्डेनबर्गले उसमाथि ‘इन्ट्रिकेट फ्रड’ को आरोप लगायो । एक हप्ताभन्दा कम समयमा कार्यकारी अध्यक्ष ट्रिभल मिल्टनले कम्पनीबाट राजीनामा दिए । 

निकोलाले यस महिनाभन्दा अगाडि आफ्नो पहिलो प्रोटोटाइप पुरा गर्न सकेन । अहिले कम्पनी अमेरकी न्याय मन्त्रालय र सेक्युरिटी एण्ड एक्सचेन्ज कमिसनको अनुसन्धानभित्र परेको छ । 

माइक्रोसफ्टको असफलता 

गत वर्ष माइक्रोसफ्टले मिक्सचरमा खेल्नका लागि ईस्पोर्ट्स र स्ट्रिमिङ स्टार निन्जाका लागि पाँच करोड डलरको एक्सक्लुसिभ डिलमा हस्ताक्षर गरेको थियो । तर जूनमा मिक्सचर बन्द भयो र निन्जा र हाइ प्रोफाइल स्ट्रिमरहरु ट्वीचमा गए । 

त्यसपछि माइक्रोसफ्टको अत्याधिक मिडिया हाइप पाएको फोल्डेबल फोन सर्फेस डुओको चर्चा चल्यो । दुईवटा डिस्क्रिट डिस्प्ले भएको यो फोनलाई माइक्रोसफ्टले वर्षौं लगाएर बनायो ।

यसले मोबाइल डिभाइसमा एउटा छुट्टै ट्रेण्ड सुरु गर्नसक्ने सम्भावनाको रुपमा पनि हेरियो । तर दूर्भाग्यवश यसको पृथक डिजाइनलाई रफ एज र असन्तुष्टपूर्ण एक्सपिरियन्स प्रदायक फोनको रुपमा आलोचना गरियो । 

जूमको आलोचना 

लकडाउन सुरु भएपछि भिडियो कन्फ्रन्सिङको लहर यसरी चल्यो, त्यो आज पनि निरन्तर छ । यसले भौतिक उपस्थितिको अनिवार्य शैलीलाई पनि आज माथ दिइरहेको छ ।

भिडियो कन्फ्रेन्सिङको यो ट्रेण्डमा जूम जति फाइदामा जाने सायदै अन्य कुनै कम्पनी बन्न सके होलान् । यसले माइक्रोसफ्टको स्काइप र टिम्स, गुगल र सिस्कोलाई समेत माथ दियो । 

तर अन्ततः सुरक्षा मामिलाका कारण जूम पनि आलोचना र अबहेलनाबाट मुक्त रहन सकेन । जूम आफ्नो ख्यातीको उच्च शिखरमै रहेको समयमा असुरक्षित जूम सेसनको समयमा अश्लील भिडियो सामाग्री देखा पर्ने तथा अनधिकृत आगमनको समस्याले जूमबम्बिङ जस्तो शब्द प्रचलनमा आयो ।

जुन जूमका लागि निकै ठूलो घाटाको विषय हुन गयो । यद्यपी जूमले अहिले यी समस्याहरुलाई धेरै हदसम्म सम्बोधन गरिसकेको छ । 

इपिक भर्सेस एप्पल र गुगल 

इपिकले एप्पल र गुगल जस्ता प्रविधि क्षेत्रका बादशाहहरुलाई चुनौती दिदैँ आफ्ना फर्टनाइट प्रयोगकर्ताका लागि डाइरेक्ट पेमेन्ट सिस्टम प्रचलनमा ल्यायो । इपिको यही गतिविधिसँग बदला लिन एप्पल र गुगलले आफ्नो एप स्टोरबाट ती गेमलाई बाहिर निकालिदिए ।

त्यसपछि इपिकले दायर गरेको मूद्दा र अभियानका कारण एप स्टोरहरुले आफ्नो स्टोरमा एप राखेको बदलामा डेभलपर्सबाट ३० प्रतिशत कमिसन चार्ज गर्ने उद्योग स्ट्याण्डर्ड अभ्यासको सुरुवात गरे । 

इपिक र दुई  एप स्टोरबीचको मूद्दामा तपाईं जतातिर बसेपनि अन्ततः पिडित हुने भनेको हामी जस्ता सर्वसाधारण प्रयोगकर्ताहरु नै हो । 

एप्पल 

विश्व प्रविधि क्षेत्रको महत्वपूर्ण खेलाडी एप्पलभित्र पनि यस वर्ष धेरै उथलपुथल भए । इपिकको मूद्दादेखि पावर एडप्टर र इयरपडलाई त्याग्ने र आइफोन ट्वेल्भ लाइनअप सार्वजनिक गर्ने सबै कुराहरु चर्चामा रहे । 

इयरपड र पावर एडप्टरलाई त्याग्ने एप्पलको निर्णय वातावरणमैत्री अभियान अन्तर्गत रहेको उसको तर्क थियो । यसबाहेक एप्पलको म्याकओएससँगै एप्पलभित्र अर्को खुलासा भयो । जसअन्तर्गत प्रत्येक पटक जब तपाईं म्याकको कुनै पनि एप खोल्नुहुन्छ, तब त्यसको सेक्युरिटी फिचरले तपाईंको आईपी एड्रेस आईफोन निर्माणकर्तामा पुर्‍याइदिन्छ ।

तपाईंको कम्प्युटर प्रयोगबारे डेटा र लोकेसन टाइअप गरिदिन्छ । एप्पलमा पुग्ने यस्ता सूचना इन्क्रिप्सन पनि नहुने पाइयो । यो कमजोरीमा भीपीएन पनि कमजोर देखियो । तर एप्पलले पछि आईपी एड्रेस कलेक्सनलाई बन्द गर्ने र संकलन भएका जानकारीलाई समेत डिलिट गरिदिने बाचा गरेको थियो । 

जल्ने रिङ डोरबेल्स

अमेजनको रिङको विवाद नसुन्ने कमै होलान् । साथै स्थानीय नियामकहरुसँगको कम्पनीको न्यायो सम्बन्धमाथि प्रश्न उठिरहेका छन् । 

अमेजनले अमेरिकामा बिक्री गरेका साढे तीन लाख सेकेण्ड जेनेरेसनको डुअर बेल र क्यानडाका आठ हजार सात सय डुअर बेलमध्ये कतिपयमा आगो लागेका विभिन्न रिपोर्टहरु आए ।

जसमा २३ वटा रिपोर्टमा त डुअरबेलकै आगोका कारण सम्पत्तिमा समेत क्षति भएको र आठवटा घटनामा सामान्य क्षति भएको कुराहरु बाहिर आए । पछि अनुसन्धानमा डुअरबेलको ब्याट्री धेरै तात्ने समस्याका कारण त्यस्तो घटना उत्पन्न भएको देखियो । 

सामसङको नियोन एआई

सीईएस २०२० मा सामसङको नियोन एआई एकदमै चर्चित नाम मध्येको एक थियो । सामसङले फण्डिङ गरेको यो एआई अल्ट्रा रियालिस्टिक देखिने कम्प्युटर जेनेरेटर मानिस हो । 

तर यसको वास्तविक डेमो एकदमै कम रियालिस्टिक र बढी डर लाग्दो देखियो । यसले दिने उत्तरहरु पनि एकदमै अप्राकृतिक एआई उत्तरहरु थिए । जुन प्रशंसाभन्दा पनि बढी आलोचित बन्न पुग्यो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०