close

ह्वाट्सएप च्याट सात दिनपछि स्वतः डिलिट हुने, यसरी प्रयोग गर्नुहोस् फिचर

टेकपाना टेकपाना

मंसिर १५, २०७७ ११:७

ह्वाट्सएप च्याट सात दिनपछि स्वतः डिलिट हुने, यसरी प्रयोग गर्नुहोस् फिचर

काठमाडौं । लामो समयपछि ह्वाट्सएप्ले आफ्नो म्यासेज बिलाएर जाने फिचर एन्ड्रोइड, आईओएस, वेब र डेस्कटप प्लेटफर्ममा ल्याएको छ । यो फिचरले कुनै पनि म्यासेजलाई पठाएको सात दिनभित्र आफैं डिलिट गरिदिन्छ ।

यस किसिमको फिचर अब ह्वाट्स एप प्लेटफर्मका सबै प्रयोगकर्ताहरुले पर्सनल तथा ग्रुप च्याटमा समेत प्रयोग गर्न पाउने छन् । 

पर्सनल च्याटमा व्यक्तिले डिसापियरिङ म्यासेज फिचरलाई इनेबल गर्ने वा डिसेबल गर्ने भनेर आफैं चयन गर्न सक्छन् । तर ग्रुप च्याटमा भने यसको अधिकार एडमिनको हातमा हुनेछ । 

यो फिचरलाई एक्टिभेट गर्न निम्न प्रक्रियाहरु अपनाउनुहोस् । 

१. ह्वाट्सएप खोलेर च्याट विण्डोजमा जानुहोस् । 

२. कन्टयाक्ट नेममा ट्याप गर्नुहोस् । 

३. तलपट्टि रहेको डिसापियरिङ म्यासेज अप्सनमा ट्याप गर्नुहोस् । 

४. कुनै प्रोम्प्ट आएको खण्डमा कन्टिन्युमा ट्याप गर्नुहोस् । 

५. अब म्यासेज मेटिएर जाउन् भन्ने चाहनुहुन्छ भने अन अप्सनमा क्लिक गर्नुहोस् । 

६. अब च्याट विण्डोमा आउनुहोस् । अब तपाईंले प्रोफाइल पिक्चरमा म्यासेज हराएर जाने टाइमको लोगो देख्नुहुन्छ । 

यदि तपाईं म्यासेज डिसेपियरको फिचरलाई डिजेबल गर्न चाहनुहुन्छ भने पुन अगाडिकै प्रक्रिया दोहोर्‍याएर अफ बटनमा क्लिक गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०