close

नेपालमै पहिलोपटक एनसेलको वायरलेस इन्टरनेट, प्रयोगकर्तालाई नि:शूल्क राउटर

टेकपाना टेकपाना

कात्तिक २१, २०७६ १०:८

नेपालमै पहिलोपटक एनसेलको वायरलेस इन्टरनेट, प्रयोगकर्तालाई नि:शूल्क राउटर

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले नेपालमै पहिलो पटक नयाँ प्रविधिमा इन्टरनेट सेवा दिन सुरु गरेको छ । कम्पनीले पहिलोपटक रेडियो रिसिभर ट्रान्समिटर तथा राउटरको प्रयोग गरी कैलालीको टिकापुरमा वायरलेस ब्रोडब्यान्ड सेवा उपलब्ध गराउन थालेको हो ।

एनसेलले सुरुमा दुई ओटा प्याकमा यस्तो सेवा उपलब्ध गराएको छ । जसमध्ये ५९९ रुपैयाँमा अनलिमिटेड ५० जीबी र ३४९ रुपैयाँमा अनलिमिटेड २५ जीबी प्याक छ । ३० दिनसम्म प्रयोग गर्न सकिने यी प्याकको डेटा भोल्युम सकिएपछि इन्टरनेटको गति एक एमबीपीएसको हुने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले यो सेवाका प्रयोगकर्ताका लागि निःशूल्क वायरलेस राउटर पनि दिनेछ । तत्कालका लागि भने यो सेवा टिकापुरमा मात्र उपलब्ध हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०