close

एन्ड्रोइड डिभाइसमा यसकारण चाहिन्छ भीपीएन

टेकपाना टेकपाना

मंसिर १५, २०७७ २२:४८

एन्ड्रोइड डिभाइसमा यसकारण चाहिन्छ भीपीएन

काठमाडौं । भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) तपाईंको डिभाइस र रिमोट सर्भरबीचको एउटा सुरक्षित लिङ्क हो । यसले तपाईंको सबै ट्राफिकलाई इन्क्रिप्ट गरिदिन्छ । र, बिचौलियाहरुले तपाईंको नेटवर्कबीच के कुरा आदानप्रदान भएको छ भन्ने कुरा थाहा पाउन सक्दैनन् ।

इन्टरनेटमा तपाईं टाढाको लोकेसनबाट जोडिनु भएको हुन्छ । यदि भीपीएन प्रयोग गर्नु भएको छ भने तपाईंले भिजिट गरेको वेबसाइट तपाईंको वास्तविक आईपी एड्रेसको सट्टामा छद्म आईपी एड्रेस मात्र देख्न सक्ने छन् । जसले गर्दा तपाई सजिलै अनलाइनमा अज्ञात रहन सक्नुहुन्छ ।

भीपीएनलाई कम्प्युटर, म्याक, राउटर र स्मार्ट टिभीमा प्रयोग गर्न सकिन्छ । एन्ड्रोइड भीपीएनलाई एन्ड्रोइड डिभाइसमा प्रयोग गर्न सकिन्छ भने आईफोन भीपीएनलाई आईओएस डिभाइसमा प्रयोग गर्न सकिन्छ ।

एन्ड्रोइड डिभाइसमा भीपीएन प्रयोग गर्नुका आफ्नै तीन फाइदा छन् ।

१. पब्लिक वाईफाईमा ब्राउजिङलाई सुरक्षित पार्ने 

कहिलेकाहिँ मोबाइल डिभाइस प्रयोग गर्दैगर्दा तपाईं पब्लिक वाईफाईबाट पनि इन्टरनेटमा केनेक्ट हुन सक्नुहुन्छ । यस्तो बेला तपाईं त्यस नेटवर्कमा रहेका धेरै डिभाइसहरुसँग जोडिरहनु भएको हुन्छ ।

कोही गलत नियत भएका प्रयोगकर्ताले तपाईंको ट्राफिकभित्र चियाएर तपाईले आदान प्रदान गरिरहेको म्यासेजहरु हेर्न पनि सक्छन् ।

यदि त्यस्तो बेला तपाईंले आफ्नो बैंकिङ तथा वित्तीय विवरण तथा अन्य गोप्य संवेदनशील जानकारीहरु आदानप्रदान गर्नुभएको छ भने यसले ठूलो जोखिम निम्त्याउन सक्छ । यस्तो बेला तपाईंलाई सुरक्षा दिने एउटै कुरा भनेको भीपीएन हो ।

२. निश्चित भूगाेलमा प्रतिबन्ध गरिएका सामाग्री हेर्न मिल्छ 

नेटफ्लिक्स जस्ता स्ट्रिमिङ साइटका कुनै कुनै सामाग्रीहरु कुनै निश्चित ठाउँको लोकेसनबाट हेर्न मिल्दैन । यस्तो बेला तपाईं प्रतिबन्धित क्षेत्रमा हुनुहुन्छ भने भीपीएनको प्रयोग गरी नेटफ्लिक्स चल्ने क्षेत्रको सर्भरसँग कनेक्ट भएर ती साइटहरु ब्राउज गर्न सक्नुहुन्छ ।

उदाहरणका लागि यदि तपाईंले अष्ट्रेलियाबाट भीपीएन प्रयोग गर्दै हुनुहुन्छ भने तपाईं अमेरिकाको भीपीएन सर्भरमा समेत जोडिन सक्नुहुन्छ । त्यहाँ उपलब्ध स्ट्रिमिङ सामाग्री मज्जाले हेर्न सक्नुहुन्छ ।

३. कन्टेन्ट ब्लक र फायरवाललाई झुक्याउन   

एउटा भीपीएनले फायरवाल ब्लकिङ नियमलाई जित्न सक्छ । तपाईंको विद्यालय, कार्यस्थल, आईएसपी वा सिङ्गो देशले कुनै कुनै वेबसाइटहरुलाई प्रतिबन्ध गरेको हुन्छ तर, भीपीएन प्रयोग गरेर त्यसमा एक्सेस पाउन सक्नुहुन्छ ।

यस्तो बेला तपाईं प्रतिबन्धित वेबसाइटमा एक्सेस गरिरहनु भएको छ भनेर फायरवालले कतै पनि जानकारी दिँदैन ।

कुनै कुनै आईएसपीले इन्टरनेट ट्राफिकको स्पिडलाई नियन्त्रण र ब्लक गर्ने काम गर्छन् । तर यस्तो बेला भीपीएनले तपाईंको कनेक्सन स्पिडलाई बढाउन सहायता गर्दछ ।

तपाईंको एन्ड्रोइड डिभाइसका लागि कुन भीपीएन ठीक ?

एक्सप्रेस भीपीएन सबैभन्दा उत्कृष्ट एन्ड्रोइड भीपीएन हो । ९४ वटा मुलुकहरुमा यसको तीन हजारभन्दा धेरै सर्भरहरु छन् ।

यसको नेटवर्क एकदमै ठूलो छ । यसले सबैतिर राम्रो स्पिड दिन्छ । यसको सुरक्षा क्षमता पनि एकदमै राम्रो छ । यसले तपाईंको ब्राउजिङ गतिविधिलाई स्टोर गर्दैन । 

टम्स गाइडको सहयोगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०