close

भारत र अस्ट्रेलियाबीचको क्रिकेट खेल फेसबुक वाचमा हेर्न सकिने

टेकपाना टेकपाना

मंसिर १७, २०७७ १३:८

भारत र अस्ट्रेलियाबीचको क्रिकेट खेल फेसबुक वाचमा हेर्न सकिने

काठमाडौं । अष्ट्रेलियामा चलिरहेकाे भारत र अष्ट्रेलियाबीचकाे क्रिकेट खेलको एक्सक्लुसिभ कन्टेन्ट फेसबुकमा उपलब्ध हुने भएको छ । त्यसका लागि फेसबुक र भारतकाे सोनी पिक्चर नेटवर्कबीच सम्झौता भएको छ ।

फेसबुक वाचलाई अझ प्रभावकारी बनाउँदै प्रयाेगकर्तालाई त्यसमा आबद्ध गराउने उद्देश्यका साथ फेसबुकले यो सम्झौता गरेको हो । सम्झौता अनुसार भारतीय राष्ट्रिय टिमको अष्ट्रेलिया भ्रमणमा हुने तीनवटा ओडीआई, तीनवटा टी–ट्वान्टी र चारवटा टेस्ट म्याचको हाइलाइट, इन–प्ले मुभमेन्ट, उत्कृष्ट क्याच, उत्कृष्ट विकेट र म्यान अफ दी म्याच लगायत फेसबुक वाचमा उपलब्ध हुनेछ ।

उक्त कन्टेन्ट सोनी स्पोर्ट्स इन्डियाको फेसबुक पेजबाट राखिने छ । फेसबुक इण्डियाका निर्देशक तथा प्रमुख मनिष चोप्राले क्रिकेट फ्यानबीच इंगेजमेन्ट बढाउनका लागि यस्ताे सम्झौता गरिएको बताए ।

‘क्रिकेट क्रेजलाई अझ विश्वव्यापी बनाउन ठूलो चाहन्छाैं,’ उनले भने, ‘त्यसैले हामीले सोनी पिक्चरसँग सम्झौता गरेका हौं ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०