close

अपरेटरलाई ‘अप्टिकल नेटवर्क २.०’ मा रुपान्तरण गर्दै ह्वावे

टेकपाना टेकपाना

मंसिर १८, २०७७ ८:५१

अपरेटरलाई ‘अप्टिकल नेटवर्क २.०’ मा रुपान्तरण गर्दै ह्वावे

काठमाडौं । ह्वावेले अप्टिकल नेटवर्किङ २.० (ओएन २.०) सोलुसन अपग्रेड गर्ने भएको छ । ह्वावेको साताैं अप्टिकल नेटवर्क इनोभेसन फोरममार्फत कम्पनीले ओएन २.० मा जाने घोषण गरेको हो ।

यसमार्फत अपरेटरले नयाँ गति, नयाँ साइट, स्मार्ट व्यवस्थापन र नयाँ सेवा सहितकाे व्यवसाय सिर्जना गर्ने उल्लख गरिएको छ । कम्पनीका अनुसार यो सोलुसनले अपरेटरलाई नवीनतम सेवाको विकासमा मद्दत पुर्‍याउने छ ।

२०२० मा अल–अप्टिकल नेटवर्क उद्योगको विकासलाई बढावा दिन र अपरेटरलाई उत्कृष्ट सेवा अनुभव प्रदान गर्नको लागि अल–अप्टिकल मेट्रो आर्किटेक्चर निर्माण गर्न ह्वावेले आफ्नो ओएन २.० सोलुसन अपग्रेड गरेको जनाएको छ ।

कम्पनीका अनुसार ओएन २.० मा फाइबर क्षमता अधिक रहेको छ । जसमार्फत प्रति बिटका हिसाबले इन्टरनेट कन्टेन्ट पास हुने उल्लेख गरिएको छ । त्यस्तै उक्त अप्टिकल नेटवर्कमार्फत् प्रिमियम सेवा अनुभव प्राप्त गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०