close

विकासशील मुलुकका ग्रामीण क्षेत्रमा इन्टरनेटको पहुँच ३८ प्रतिशत

टेकपाना टेकपाना

मंसिर १९, २०७७ ९:४८

विकासशील मुलुकका ग्रामीण क्षेत्रमा इन्टरनेटको पहुँच ३८ प्रतिशत

काठमाडौं । विश्वभर ग्रामीण क्षेत्रकाे तुलनामा शहरी क्षेत्रमा बसोबास गर्नेको मानिसहरूमा इन्टरनेटकाे पहुँच दुईगुणा बढी रहेको रहेको संयुक्त राष्ट्रसंघको अन्तराष्ट्रिय दूरसञ्चार युनियन (आईटीयू) ले जनाएकाे छ । 

आईटीयूकाे वार्षिक रिपोर्ट मेजरिङ डिजिटल डेभलपमेन्ट फ्याक्ट्स एण्ड फिगर रिपोर्टमा प्रकाशित तथ्याङ्क अनुसार २०१९ मा विश्वभरका शहरी क्षेत्रका ७२ प्रतिशत घरधुरीमा इन्टरनेटको पहुँच थियो भने ग्रामीण क्षेत्रका ३८ प्रतिशत घरधुरीसँग मात्र इन्टरनेट पहुँच थियो ।

तर यो भिन्नता विकसित मुलुकमा भने एकदमै कम पाइएको छ । २०१९ कै सोही रिपोर्टमा विकसित मुलुकहरुमा ग्रामीण क्षेत्रमा ८१ प्रतिशत र शहरी क्षेत्रमा ८७ प्रतिशत इन्टरनेट पहुँच रहेको छ । 

ग्रामीण क्षेत्रभित्र समेत १७ प्रतिशत मानिसहरु मोबाइल कभरेज नभएको ठाउँमा र १९ प्रतिशत टुजी नेटवर्कभित्रै सीमित रहेकाे रिपोर्टमा उल्लेख छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०