close

ह्वावे र एप्पललाई पछि पार्दै विश्वको दोस्रो स्मार्टफोन ब्राण्ड बन्ने दाउमा साओमी

टेकपाना टेकपाना

मंसिर १८, २०७७ २०:५

ह्वावे र एप्पललाई पछि पार्दै विश्वको दोस्रो स्मार्टफोन ब्राण्ड बन्ने दाउमा साओमी

काठमाडौं । चिनियाँ ब्राण्ड साओमीले स्मार्टफोनको बजारमा हरेक विधामा आफ्नो उत्पादन ल्याउने गरेको छ । कम्पनीको एउटै उद्देश्य स्मार्टफोन बजारमा आफ्नो बजार हिस्सालाई बलियो पार्नु नै हो ।

सोही अनुरुप सन् २०२० को तेस्रो त्रैमासमा एप्पललाई पछि पार्दै साओमी विश्वको तेस्रो ठूलो स्मार्टफोन ब्राण्ड पनि बन्न सफल भयो । सोही सफलतालाई कायम राख्दै कम्पनीले आगामी वर्ष अर्थात् सन् २०२१ मा ह्वावे र एप्पललाई पछि पार्दै विश्वका दोस्रो ठूलो स्मार्टफोन ब्राण्ड बन्ने महत्वकांक्षी योजना सार्वजनिक गरेको छ ।

कम्पनीले सन् २०२१ मा २४ करोड स्मार्टफोन सप्लाइ गर्ने लक्ष्य राखेको छ । यो महत्वकांक्षी योजनासँगै कम्पनीको योजना मोबाइल सप्लाइको हिसाबले ह्वावे र एप्पललाई पछि पार्नु हो ।

कम्पनीको योजना ३० करोड स्मार्टफोन सिपमेन्ट गर्ने भएतापनि क्वालकम, मिडियाटेकले त्यो संख्यामा एउटै कम्पनीलाई चिपसेट उपलब्ध गराउने कुनै प्रतिवद्धता नजनाएकाले पनि २४ करोड राखिएको उल्लेख गरिएको छ ।

२४ करोड स्मर्टफोन सिपमेन्ट हुँदा पनि कम्पनीले सहजै एप्पल र ह्वावेलाई पछि पार्न सक्ने जनाइएको छ । ह्वावेको हकमा कम्पनीले आफ्नो सब–ब्राण्डका रुपमा रहेको अनरलाई बिक्री गरेसँगै त्यसको असर सिपमेन्टमा पर्ने स्वभाविक नै छ । यस्तोमा साओमीलाई अघि बढ्न झन् धेरै सहज भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०