close

मुख्यमन्त्री राउत सम्बद्ध चार फेसबुक आईडी ह्याक

टेकपाना टेकपाना

मंसिर १९, २०७७ १४:२

मुख्यमन्त्री राउत सम्बद्ध चार फेसबुक आईडी ह्याक

काठमाडौं । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतको व्यक्तिगत र आधिकारिक फेसबुक पेज ह्याक भएको छ । साथै मुख्यमन्त्री राउतकाे सञ्चार सचिवालय र प्रेस सल्लाहकार आतिश मिश्राको फेसबुक आईडी पनि एकैसाथ ह्याक गरिएको छ ।

शुक्रबार बिहान साढे ९ बजेकाे हारहारीमा साे ह्याक भएकाे प्रेस सल्लाहकार मिश्राले जानकारी दिए । ह्याकरले फेसबुकमा प्रोफाइल र कभर फाेटाे परिवर्तन गरिदिएका छन् ।

मिश्राका अनुसार याे घटनाबारे साइबर ब्यूराेमा जानकारी गराइसकिएकाे छ । उनले ह्याककाे घटना धरानबाट भएकाे देखिएकाे बताए ।

ह्याकरले मुख्यमन्त्री राउतको ‘सीएम लालबाबु राउत’ पेजमा रहेका पुराना सबै ‘लिंक’ हटाइदिएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०