close

मानवसेवा आश्रमलाई वर्ल्डलि‌ंकले दियो ११ लाख बराबरको न्यानो लुगा

टेकपाना टेकपाना

मंसिर १९, २०७७ १६:२६

मानवसेवा आश्रमलाई वर्ल्डलि‌ंकले दियो ११ लाख बराबरको न्यानो लुगा

काठमाडौं । वर्ल्डलि‌ंक कम्युनिकेसन लिमिटेडले मानवसेवा आश्रमलाई ११ लाख रुपैयाँ बराबरको सरसामान सहयोग गरेको छ । आश्रममा आश्रित ११ सय जनालाई कम्पनीले जाडोबाट बच्न न्यायो लुगा उपलब्ध हो ।

बिहीबार वर्ल्डलि‌ंकका निर्देशक मनोज अग्रवाल र विजय जलानले मानवसेवा आश्रम भक्तपुर शाखामा पुगेर ११ लाख मूल्य बराबरको न्यानो लुगा वितरण गरेको कम्पनीले जनाएको छ ।

वर्ल्डलिंकले कम्पनीको सामाजिक उत्तरदायीत्व अन्तर्गत रहेर यस्तो सहयोग उपलब्ध गराएको हो । कम्पनीले मानवसेवा आश्रममा यसअघि पनि विभिन्न क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको छ ।

जसअन्तर्गत कम्पनीले आश्रमका २० सेवा केन्द्रमा हाई स्पीड इन्टरनेट निःशुल्क रुपमा दिँदै आएको छ । साथै, मानवसेवा आश्रम भक्तपुर शाखाको उद्घाटनका लागि आवश्यक सम्पूर्ण खर्च (दश लाख रुपैयाँ) समेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०