close

दुई वटा सेल्फी क्यामेरा भएको नयाँ स्मार्टफोन ल्याउँदै मोटोरोला

टेकपाना टेकपाना

मंसिर २०, २०७७ १०:२०

दुई वटा सेल्फी क्यामेरा भएको नयाँ स्मार्टफोन ल्याउँदै मोटोरोला

काठमाडौं । लेनोभोको स्वामित्वमा रहेको मोटोरोला कम्पनीले आउँदो साल स्न्यापड्रागन ८०० सिरिजमा पहिलो स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । रिपोर्ट अनुसार यो स्मार्टफोनको नाम मोटोरोला नियो हुनेछ ।

टिप्सटर इभान ब्लासले यो स्मार्टफोनको तस्वीर शेयर गरेका छन्, जसमा फोनको डिस्प्ले देख्न सकिन्छ । यो स्मार्टफोन मोटो बेजलका साथ डुअल फ्रन्ट क्यामेरा (दुई वटा सेल्फी क्यामेरा) युक्त देखिन्छ ।

यसमा स्न्यापड्रागन ८६५ प्रोसेसर रहने बताइएको छ । मोटोरोला मोटो जी स्मार्टफोनलाई नियो कोडनेम दिइएको छ । फोनमा डुअल पञ्चहोल डिस्प्ले हुनेछ ।

मोटोरोलाले क्वालकम टेक समिट २०२० का दौरान २०२१ मा स्नापड्रागन ८०० प्रोसेसरका साथ मोटो जीको दशौं पुस्ताको मोटो जी स्मार्टफोन सार्वजनिक गर्ने खुलासा गरेको थियो । यद्यपि कम्पनीले अहिलेसम्म यो फोन सार्वजनिक हुने विषयमा कुनै मिति तय भने गरिसकेको छैन ।

प्राप्त खबरअनुसार यो स्मार्टफोन सन् २०२१ को पहिलो तीन महिनाभित्र सार्वजनिक हुन सक्ने सम्भावना छ । त्यस अवधिमा कम्पनीले दुई वटा बजेट रेञ्जका स्मार्टफोन सार्वजनिक गर्न सक्ने देखिएको छ ।

यस्तो छ सम्भावित स्पेसिफिकेसनः यो स्मार्टफोनलाई लिएर यसअघि पनि केही फिचरहरु लिक भइसकेका छन् । जसअनुसार मोटोरोला नियोमा १२ जीबी र्‍याम तथा २५६ जीबीको अनबोर्ड स्टोरेज हुनेछ ।

एन्ड्रोइड इलाभेन अपरेटिङ सिस्टममा रन हुने यो फोनमा यूएसबी टाइप सी कनेक्टिभिटीको सपोर्ट मिल्नेछ । यसले एक्स्टर्नल डिस्प्ले कनेक्टिभिटीलाई समेत सपोर्ट गर्नेछ । रुमर्सका अनुसार फोनमा १०५ हर्जको रिफ्रेश रेटयुक्त स्क्रिन राखिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०