close

प्रविधिलाई अपाङ्गतामैत्री बनाउन जरुरी छः सञ्चार मन्त्री गुरुङ

टेकपाना टेकपाना

मंसिर २०, २०७७ १३:९

प्रविधिलाई अपाङ्गतामैत्री बनाउन जरुरी छः सञ्चार मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले प्रविधिलाई अपाङ्गगतामैत्री रुपमा विकास गर्न आह्वान गरेका छन् । २९ औं अपाङ्गता दिवसको अवसरमा अपाङ्गता संरक्षण नेपाल र प्रभु पेको संयुक्त आयोजना तथा नेपाल इन्टरनेट फाउन्डेसनको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन् । 

‘अपाङ्गतामैत्री प्रविधि क्षेत्र बनाउनका लागि सधैं मेरो आफ्नो साथ रहनेछ,’ मन्त्री गुरुङले भने, ‘अपाङ्गता भएका व्यक्तिको पहुँच र उनीहरुको दीगो विकासका लागि क्रियाशिल रहने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’ 

प्रभु पेले अपाङ्गगतामैत्री एप बनाएकोप्रति धन्यवाद दिँदै उनले शारीरिक रुपमा कमजोर भएपनि प्रविधिबाट उनीहरुलाई सहजता दिलाउन सकिने बताए ।

‘कोभिड-१९ पश्चताको उत्कृष्ट पुनरागमनको सुनिश्चितता: अपाङ्गता भएका व्यक्तिहरूको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता र प्रभु पेको पहुँचयुक्त सेवा’ भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको थियो । 

नेपाल इन्टरनेट फाउण्डेसनका अध्यक्ष विक्रम श्रेष्ठले वित्तीय सेवामा अपाङ्गगता भएका व्यक्तिहरुको पहुँच स्थापित गर्नका लागि यो सानो प्रयास भएको बताए । प्रभु पेको तर्फबाट कपिल आचार्यले एपमा रहेको अपाङ्गतामैत्री फिचरको बारेमा जानकारी गराएका थिए ।

‘छोएको भरमा एपमा भएका सबै सेवा प्रयोग गर्न सकिने बनाइएको छ,’ उनले भने, ‘एप प्रयोगकर्तामैत्री रहेको छ भने स्मार्टफोन नभएकाहरुले बारफोनबाट समेत प्रभु पेमा उपलब्ध सेवा प्रयोग गर्न सक्दछन् ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०