close

अब जुम प्रयोग गर्दा भर्चुअल रुपमा कफीको बास्ना लिन पाइने !

टेकपाना टेकपाना

मंसिर २१, २०७७ २०:४४

अब जुम प्रयोग गर्दा भर्चुअल रुपमा कफीको बास्ना लिन पाइने !

काठमाडौं । भिडियो कन्फ्रेन्सिङ एप जुमले भर्चुअल रुपमै कफीको वास्ना लिन सकिने प्रविधिको विकास गरिरहेको दाबी गरेको छ । वेब समिट नामक टेक कन्फ्रेन्समा बोल्दै कम्पनीका सीईओ एरिक युआनले जुमको आगामी योजना बारे बताएको खबर बीबीसीमा प्रकाशित छ ।

युआनका अनुसार भिडियो मिटिङको समयमा यदि कसैले कफी खाइरहेको छ भने उक्त कफीको बास्ना मिटिङमा जोडिने अन्य सहभागीले समेत थाहा पाउनेछन् । ‘त्यसका साथै भर्चुअल रुपमै हात मिलाएको अनुभव पनि जुमले प्रदान गर्नेछ,’ उनले भने, ‘त्यसका लागि आर्टिफिसियल इन्टिलिजेन्स प्रविधिमा हाल काम भइरहेको छ ।’

उनले कोभिड–१९ का कारण धेरै मान्छे कार्यालयबाट काम गर्नेगरी नफर्किने बताए । यस्तो अवस्थामा भिडियो कन्फ्रेन्सिङ टुलको प्रयोगले सधैं निरन्तरता पाउनेछ ।

यस्तोमा भौतिक उपस्थितिको महसुस प्रदान गर्ने गरी जूमले प्रयोगकर्तालाई नयाँ नयाँ फिचर उपलब्ध गराउने छ । उनले जूम जस्ता भिडियो कन्फ्रेन्सिङ एपको प्रयोगले निरन्तरता पाउने भएतापनि यसको भविष्यबारे निश्चित नरहेको बताए ।

किन भने फाइजरले बनाएको कोभिड–१९ विरुद्धको खोपबारे विभिन्न जानकारी बाहिरिएसँगै जूमको शेयर मुल्य भने घटेको उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०