close

तीन वटा फोल्डेबल स्मार्टफोन ल्याउँदै सामसङ

टेकपाना टेकपाना

मंसिर २२, २०७७ १८:२१

तीन वटा फोल्डेबल स्मार्टफोन ल्याउँदै सामसङ

काठमाडौं । दक्षिण कोरियाको प्रविधि कम्पनी सामसङले सन् २०२१ मा तीनवटा फोल्डेबल फोन सार्वजिनक गर्ने खुलासा भएको छ । यूबीआई रिसर्च कम्पनीका अनुसार सामसङले फोल्डेबल ओलेड प्यानल सहितका तीनवटा स्मार्टफोनहरु ग्यालेक्सी जेड फ्लिप टु, ग्यालेक्सी जेड फोल्ड थ्री र ग्यालेक्सी जेड फोल्ड लाइट सार्वजनिक गर्दैछ । 

यूबीआई रिसर्चका अनुसार ग्यालेक्सी जेड फ्लिप टुमा ६.७ इन्चको पन्च होल डिस्प्ले र तीन इन्चको एक्सटर्नल स्क्रिन रहेको छ । यसको फोल्डिङ मेन स्क्रिनको साइज पनि ओरिजिनल ग्यालेक्सी जेड फ्लिपको जत्रै छ ।

यसको बाहिरी स्क्रिन भने पहिलो फ्लिप फोनमा रहेको ११ इन्चको विण्डोभन्दा ठूलो छ । ग्यालेक्सी जेड फोल्ड थ्रीमा भने सात इन्चको इन्टरनल स्क्रिन र सानो चार इन्चको एक्सटर्नल डिस्प्ले छ ।

यस्तै ग्यालेक्सी जेड फोल्ड लाइट भने फोल्ड थ्रीको सस्तो विकल्प रहेको यूबीआईले बताएको छ । यी दुई फोनबीचको डिस्प्ले डाइमेन्सन एकदमै मिल्दोजुल्दो छ । साथै रिपोर्टमा ग्यालेक्सी जेड फोल्ड थ्रीमा एस पेन सपोर्ट पनि पाउन सकिनेछ । 

यसमा इन् डिस्प्ले सेल्फी क्यामेरा पनि रहेको छ । फोनमा एलटीपीओ स्क्रिन प्रविधि हुने र त्यसले एकदमै कम ऊर्जा खपत गर्ने अपेक्षा गरिएको छ । 

तीनैवटै फोल्डेबल फोनमा अल्ट्रा थिन ग्लास हुने बताइएको छ । सामसङले फोल्डेबल फोनमा काम गर्नकै लागि अब ग्यालेक्सी नोट लाइनअपलाई छोड्ने निर्णय लिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०