close

जिमेलमा यसरी परिवर्तन गर्नुहोस् आफ्नो ‘डिस्प्ले नेम’

टेकपाना टेकपाना

मंसिर २२, २०७७ १९:४७

जिमेलमा यसरी परिवर्तन गर्नुहोस् आफ्नो ‘डिस्प्ले नेम’

काठमाडौं । जब तपाईंले जिमेलबाट कसैलाई ईमेल पठाउनु भयो भने उक्त ईमेलमा तपाईंको नामका साथै अन्य विवरण समेत गएको हुन्छ । यदि तपाईं त्यस्तो चाहनुहुन्न अर्थात अन्य जानकारी शेयर नहोस् भन्ने चाहनुहुन्छ भने तपाईंले सहजै त्यसलाई मिलाउन सक्नुहुन्छ ।

त्यसका लागि तपाईंले ल्यापटप अथवा कम्प्युटरमा वेब ब्राउजरमार्फत जिमेल खोल्नुपर्ने हुन्छ । यसको अर्थ तपाईंले मोबाइल एपमार्फत डिस्प्ले नेम परिवर्तन गर्न सक्नुहुन्न ।

त्यसैले यहाँ हामी तपाईंलाई वेबमार्फत जिमेलको डिस्प्ले नेम कसरी परिवर्तन गर्ने भन्ने बारेमा बताउँदै छौं ।

कसरी परिवर्तन गर्ने ?

त्यसका लागि सुरुमा वेबमा जिमेल खोल्नुहोस् । जिमेल खुलेसँगै दायाँ साइडको माथि रहेको ‘गियर आईकन’ अर्थात सेटिङ बटनमा क्लिक गर्नुहोस् ।

Gear settings icon

त्यहाँ क्लिक गरेसँगै सुरुमै ‘सी अल सेटिङ’ भन्ने अप्सन देख्नुहुनेछ । उक्त अप्सनमा थिच्नुहोस् ।

See all settings button

त्यहाँ क्लिक गरेसँगै तपाईं जिमेलको ‘जनरल’ सेटिङ मेन्युमा पुग्नुहुनेछ । तर, तपाईंले साइडमा रहेको ‘अकाउण्ड एण्ड इम्पोर्ट’ भन्ने सेटिङ मेनुमा क्लिक गर्नुपर्ने हुन्छ ।

Accounts and Import tab

उक्त मेनुभित्र तपाईंले ‘सेन्ड मेल एज’ अप्सन देख्नुहुनेछ । जहाँ तपाईंले आफ्नो ईमेल एड्रेस र डिस्प्ले नेम देख्नुहुनेछ । अनि त्यसको साइडमा रहेको ‘एडिट इन्फो’ बटनमा क्लिक गर्नुहोस् ।

Edit info button next to send mail as

अब त्यहाँ नयाँ विन्डोज खुल्नेछ । उक्त विन्डोजको दोस्रो बक्समा तपाईंले आफूलाई मनपर्ने नाम अर्थात अरुलाई ईमले पठाउँदा कुन नाम देखाउन चाहनुहुन्छ, राख्नुहोस् ।

र अन्त्यमा त्यसको तल रहेको ‘सेभ चेन्जेज’ मा क्लिक गर्नुहोस् ।

Enter and save new display name

यति गरेसँगै तपाईंले भर्खरै राखेको नाम डिस्प्ले नेममा देख्नुहुनेछ ।

New display name

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०